गोरखा – गोरखाका विभिन्न ५ वटा स्थानीय तहलाई कोरोना संक्रमणविरुद्ध जुध्न सहयोग पु¥याउने उद्देश्यले ६ वटा एम्बुलेन्ससहितका स्वास्थ्य सामग्री बुधबार प्रदान गरिएको छ।
सम्भव छ नेपाल नामक संस्थाले स्थानीय तहलाई एम्बुलेन्ससहितको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।
जिल्लाको आरुघाट गाउँपालिका घर भई पर्यटन व्यवसाय गर्दै आएका संस्थाका अध्यक्ष प्रेमकुमार खत्रीले उक्त सामग्री खरिद गरी जिल्लाका स्थानीय तहलाई उपलब्ध गराएका हुन्।
गोरखा नगरपालिकालाई दुई, धार्चे गाउँपालिका, भीमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकालाई एक–एक वटा एम्बुलेन्स हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।
संस्थाले जिल्ला विभिन्न अन्य स्थानीय तहका लागि एम्बुलेन्ससमेत गरी करिब १ करोड रुपैयाँ बराबरको सामग्री प्रदान गरेको संस्थाका अध्यक्ष खत्रीले जानकारी दिए।
त्यस्तै, संस्थाले कोरोना संक्रमणविरुद्ध लड्न सहयोग पु¥याउन ६ थान अक्सिजन सिलिन्डर, ६ सय थान एन्टिजेन किट, १२ सय थान भिटिएम र ८ सय लिटर सेनिटाइजर पनि स्थानीय तहलाई उपलब्ध गराएको छ।
त्यस्तै, ५६ हजार सर्जिकल मास्क, १ सय थान अक्सिमिटरलगायत पिपिई सेट, फेससिल्ड पनि स्थानीय तहलाई प्रदान गरिएको उनले बताए। गाउँपालिकालाई उपलब्ध गराएको एम्बुलेन्स एउटा १२ लाख रुपैयाँमा खरिद गरिएको संस्थाले जनाएको छ।
रासस
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३