Logo

बुधवार, भाद्र १० गते २०८३

निजी मेडिकल कलेज र निजी अस्पताललाई कोरोना अस्पताल बनाऔँ : गगन थापा

निजी मेडिकल कलेज र निजी अस्पताललाई कोरोना अस्पताल बनाऔँ : गगन थापा


निजी मेडिकल कलेज र निजी अस्पताललाई कोरोना अस्पताल बनाऔँ : गगन थापा

काठमाडौँनेपाली कांग्रेसका नेता गगन थापाले निजी मेडिकल कलेज र निजी अस्पताललाई कोरोना अस्पतालको रूपमा सञ्चालन गर्नुपर्ने उल्लेख गरेका छन् । सोमबार ट्‍वीट गर्दै थापाले निजी मेडिकल कलेज र निजी अस्पताललाई करिब ३ देखि ६ महिना डेडिकेटेड कोरोना अस्पतालको रूपमा सञ्चालन गर्नुपर्ने उल्लेख गरेका हुन् ।

'कोरोनाको तीव्र सङ्क्रमणसँगै बिरामीले अस्पतालमा सामान्य शैया समेत पाउन मुस्किल भइसकेको छ' थापाले ट्‍वीट गरेका छन् 'तत्कालै निजी मेडिकल कलेज र निजी अस्पतालसँग सम्झौता गरी यी अस्पताललाई कम्तीमा ३ देखि ६ महिना डेडिकेटेड कोरोना अस्पतालको रूपमा सञ्‍चालन गर्ने व्यवस्था गर्न विलम्ब नगरौँ ।'

 

 

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण