काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा आजै पुनर्नियुक्ति गर्ने भएका छन् ।
संघीय संसद् सचिवालयले आइतबार पदमुक्त भएको सूचना टाँस गरेपछि बादलको राष्ट्रियसभा सदस्य र मन्त्री पद दुवै रिक्त भएको थियो ।उनलाई संविधानको धारा ७८ (२) अनुसार आजै ६ महिनाको लागि मन्त्री नियुक्ति गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जानकारी दिएको छ । संविधानमा सांसद पदमा बहाल नरहे पनि ६ महिना मन्त्री बन्न सक्ने व्यवस्था छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ