काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ । केहीँ दिनदेखि बढिरहेको सुनको मूल्य आज भने तोलामा ४०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावल सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ कायम थियो ।
आज तेजावी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँ कायम भएको छ । यसैगरी चाँदी आज १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३