Logo

बुधवार, कार्तिक १९ गते २०८३

अ

राष्ट्रिय वाणिज्य बैंकद्धारा नेपाल प्रहरी अस्पताललाई QR Code र POS मेसिन हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकद्धारा नेपाल प्रहरी अस्पताललाई QR Code र POS मेसिन हस्तान्तरण

  • 2.8K
    SHARES

  • राष्ट्रिय वाणिज्य बैंकद्धारा नेपाल प्रहरी अस्पताललाई QR Code र POS  मेसिन हस्तान्तरण

    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पताललाई दिएको छ । बैंकले अस्पतालको ३७ औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई QR Code र POS  मेसिन हस्तान्तरण गरेको हो । प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीको समुपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी अतिरिक्त महानिरिक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा.आशा सिंहलाई उक्त समारोहमा बिहिबार QR Code र POS  मेसिन हस्तान्तरण गरेका हुन् ।
     
    प्रहरी अस्पतालमा उपचार गर्न आउने सेवाग्राहीहरुले नगदको सट्टा विद्युतीय भुक्तानीका साधन QR Code र POS  मेसिनबाट भुक्तानी गर्न सकिने छ । सो समारोहमा प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीले राष्ट्रिय वाणिज्य बैंकले यसअघि पनि मानवता सम्बन्धि पुनित कार्यमा रक्तसंचार केन्द्र निर्माण गर्न प्रहरी अस्पतालाई सहयोग गरेकोमा आभार व्यक्त गरे । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आधुनिक बैंकिङ्ग सेवा दिन बैंक संधै तत्पर रहेको र स्वास्थ्य उपचारको लागि सेवाग्राहीहरुले अब नगद बाकेर हिड्नु नपर्ने जानकारी गराए । 

    बि.स. २०४० सालबाट शुरु भएको नेपाल प्रहरी अस्पतालले प्रहरी कर्मचारीहरु तथा सर्वसाधारण नागरिकको उपचार गरिरहेको छ । प्रहरी अतिरिक्त महानिरिक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा.आशा सिंहको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्राविधिक प्रहरी नायब महानिरिक्षक डा.रामकृष्ण राजभण्डारीले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
    कार्यकममा पूर्व प्रहरी महानिरिक्षकहरु, अस्पतालका पूर्व मेडिकल डाइरेक्टरहरु, उच्च प्रहरी अधिकृतहरु, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, विभागीय प्रमुख सरोज बस्नेत, प्रहरी कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

    • बिहिवार, चैत्र २६ २०७७०५:२१:४३
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ