Logo

बुधवार, कार्तिक १९ गते २०८३

अ

तेस्रो आइएमई टेनिस प्रतियोगिता, अकिर सर्भानीलाई यु–१६ को उपाधि

तेस्रो आइएमई टेनिस प्रतियोगिता, अकिर सर्भानीलाई यु–१६ को उपाधि


तेस्रो आइएमई टेनिस प्रतियोगिता, अकिर सर्भानीलाई यु–१६ को उपाधि

काठमाडौं । तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता अन्तर्गत यु–१६ तर्फको उपाधि अकिजु विन राउतर सर्भानी श्रेष्ठले जितेका छन् । मण्डीखाटार स्थित टेनिस कोर्टमा आइतबार सम्पन्न यु–१६ ब्वाइजतर्फको फाइनल स्पर्धामाअकिले आरभ सम्राट हाडालाई २–१ सेटमा हराउँदै च्याम्पियन भएका हुन् । पहिलो सेट ६–१ ले आफ्नो पक्षमापारेका अकिले दोस्रो सेट ३–६ ले गुमाएकाथिए । अन्तिमतथा निर्णायक सेटमा अकिले आरभलाई ६–४ को सेटमा स्तब्धबनाउँदै उपाधि उचालेका हुन् । अकिले आरभलाई पराजित गर्न ३ घण्टा समय खर्चिएका थिए । यस्तै गल्र्स यु–१६ तर्फकै स्पर्धामा सर्भानी श्रेष्ठले रैना शाहमाथि २–० को सोझे जित निकालिन । सर्भानीले दुबै सेट ७–५ ले पक्षमापार्दै उपाधि उचालेकी हुन् । सर्भानीले रैनालाई हराउन साढे ३ घण्टा लागेको थियो । 

दुबै च्याम्प्यिनले जनही २० हजार रुपैयाँ हात पारे । विजयी खेलाडीलाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, आइएमई फाउन्डेसनका अध्यक्ष हेमराज ढकाल, सदस्य सचिव अञ्जली अर्याल ढकाल, पूर्व एआइजी राजेन्द्र सिंह भण्डारी, आइएमई ग्रुपकाप्रवक्ता राजु पौडेल र टेनिस प्रशिक्षक कृष्णराज घलले लगायतले पुरस्कार वितरण गरे ।  सोही अवसरमा विभिन्नउमेर स्पर्धाबाट च्याम्पियन भएका खेलाडीलाई मेडल र प्रमाण पत्रवितरण गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राणाले निजी क्षेत्रको तर्फबाट आइएमई ग्रुपले टेनिस खेलको विकास र विस्तारमा गरेको योगदानको प्रशंसा गर्नुभयो । फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले खेलकुदले बालबालिकाको पढाईमापनि सहयोग पुग्ने बताउँदै प्रतियोगितामा भागलिने खेलाडीहरु सवै च्याम्पियनहुने बताए । पूर्वएआईजी भण्डारीले आइएमई जस्तो संस्थाले बालबालिकाहरूलाई टेनिस खेलमा अभ्यस्त बनाउन गर्दै आएको योगदानको प्रशंसा गरे ।
आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्र्गत सञ्चालन गरिएको प्रतियोगितामा देशै भरका कुल १ सय ५ खेलाडीले सहभागिता जनाएका थिए । गल्र्सतर्फ ४५ र ब्वाईज तर्फ ६० खेलाडीले विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । आइएमई फाउन्डेसन आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित एक मुनाफारहित परोपकारी संस्था हो । फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुदलगायतकाविभिन्न क्षेत्रमायोगदान पु¥याउँदै आएको छ । 

कामना न्यूज

  • सोमवार, चैत्र २३ २०७७१२:०६:१७
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ