आईटी एण्ड ई कमर्स विद्याको लोकप्रिय कलेज ‘सफ्टवारीका कलेज’ ले शनिवारदेखि सुरु गरेको ‘आईओटी एक्स्पो–२०२१’ कार्यक्रम आज सम्पन्न गर्दै छ । कलेजले यो तीनदिनमा आफ्नो विद्यार्थीहरुले उत्पादन गरेको टेक्नोलोजियुक्त अटोमोवाईल्सहरुलाई प्रर्दशन गरेको छ । स्नातक पहिलो र दोस्रो तहका विद्यार्थीहरुले आफैले प्रतिपादन गरेका विभिन्न अटोमोबाईल्सलाई ‘सो’ गरेको हो । विद्यार्थीहरुले आफ्नो टिमवर्कमा उत्पादन गरेका अटोमोबाईल्सहरुको बारेमा आफै व्याख्या विश्लेषण गरेर बुझाईरहेका थिए । नेपालकै सन्र्दभमा उपयोगि हुने र सुधार्नुपर्ने कुराहरुलाई मध्यनजर गर्दै उनीहरुले अटोमोबाईल्सको निमार्ण गरेका छन् ।
विद्यार्थीहरुले गरेको उक्त ‘सो’ मा ‘सो’ गरिएका अटोमोबाईल्स तथा उठान गर्न खोजिएका केही विषयबस्तुहरुः
‘स्मार्ट सीटि वीथ स्मार्ट ट्राफिक’

विद्यार्थिहरुले स्मार्ट सीटि वीथ स्मार्ट ट्राफिकका लागि तयार पारीएको यो नमूना सवारी साधन, ट्राफिक लाईट, पार्किङ तथा लेनहरुलाई व्यवस्थीत तबरबाट देखाईएको छ । विद्यार्थीहरुले यो नमुना कुनै कागजबाट बनाएको भने हैन । यो पूर्णरुपमा सफ्टवयेरका साधनहरु प्रयोग गरी आफै निमार्ण गरिएको छ । विद्यार्थीहरु भन्छन् माईतिघरमा बढी ट्राफिक भएको देखिएकोले यहाँको नमुना लिएका हौँ । यसमा विद्यार्थिले सेन्सर समेज जडान गरेका छन् । सवारीको गति नाप्न, अगाडी ट्राफिक जाम छ कि छैन भन्ने कुरा अर्थात कोही पार्किङका लागि पार्किङ्ग प्सेलसमा जाँदै छ भने त्यहाँ पार्किङका लागि प्लेस छ वा छैन भन्ने कुरा समेत उक्त सेन्सरले जानकारी गराईदिने छ । साथै ट्राफिक लाईट रोड साईडको लाईटलाई समेत अटो सञ्चालन हुने प्रविधि जडान गरिएको छ ।
गोदावारी स्मार्ट गार्डेनः

यो हो विद्यार्थीहरुले यउटा गार्नेनलाई कसरी स्मार्ट गराउन सकिन्छ भनी परिकल्पना गरेर बनाएको गार्डेनको नमुना । यो गार्डेनमा प्रवेशका लागि कार्ड स्क्यान गर्नुपर्ने हुन्छ । कार्ड प्रमाणित भएपछि भित्र जान सकिने छ । यदि भित्र पनि प्रवेश निधेष गरिएको ठाउँमा गएमा केही संकेतहरु देखीने छन् । साथै गार्डेनमा राखिने पानी पनि प्रविधियुक्त छ । सेन्सरको माध्यमबाट आवस्यक परेको ठाउँमा मात्र पानी प्रवाह हुन्छ । साथै माछाको लागि पनि समय सेट गरिसकेपछि सोही अनुसार दाना आफै पोखरीमा खस्ने गरी प्रविधियुक्त दाना राखिदिने मेसिन अर्थात भाँडो राखिएको छ । जसले त्यहाँ सेट गरेको समय अनुसार दाना आफै पोखरीमा खसालिदिन्छ ।
यसरी नै उक्त गार्डेनको टनेटमा पनि तापक्रम व्यवस्थित गर्नका लागि तापक्रम मापन गर्ने साधन र निर्धारण गरिएको तापक्रममा मेसिनले संकेत गर्ने छ ।
‘ड्रोन सर्भिलेन्स’

ड्रोन सर्भिलेन्सले हराएको मान्छे वा साधन खोज्न मद्दत गर्ने गर्छ कुनै निस्चित स्थानको भिडभाडमा मान्छे वा कुनै साधन हरायो भने हराएको साधनको फोटो सेभ गरेर ड्रोन उडाइन्छ यदि ड्रोनले सोही वस्तु वा मान्छे पायो भने आफुले भेटाएको सुचना दिन्छ साथै स्थान समेत देखाईदिन्छ ।
ब्राईट नाईटः
यो एक दृष्टि विहीन मानिसको सहजका लागि बनाईएको ब्राईट नाईट नामक एक्स्पो हो । यसमा ईएरफोन र क्यामरा जडान हुन्छ । क्यामराले तस्बिरहरु क्यापचर गरेर बोल्ने गर्छ जसले गर्दा हिड्न सजिलो हुन्छ भने उक्क्त एक्स्पोमा चिनजानका सम्बन्धित मान्छेको फोटो राखिएको हुन्छ जसले बाहिर हिडडुल गर्दा क्यामराले उक्त मान्छेलाई चिन्ने छ । पश्चात ईएरफोनमा संकेत गर्ने र सजिलै कुराकानि गर्न सकिने छ ।

व्हीलचेयर अटोमेटिकः

कलेजका बिद्यार्थीले अटोमेटिक विलचेयर पनि बनाएका छन् । जुन अपांग भएका व्यक्तिले सजिलै अटोमेटिकल्ली नै चलाउन सकिने छ ।
कलेजका विजनेश डेभलपमेन्ट टाईरेक्टर अमृत थापाले विश्वविद्यालयमा विद्यार्थीहलाई उपयोगी शिक्षा दिनुपर्नेमा जोड दिन्छन् । उनले सम्पूर्ण खर्च विद्यालयले व्यावस्थापन गरेर यो कार्यक्रम राखेको समेत जानकारी गराए । साथै कार्यक्रम भिजिटको लागि विभिन्न विजनेश ग्रुपमा लिडरहरुलाई पनि लागि आह्वान गरिएको बताए । उनले भने ‘यसरी प्रोग्राम गरिएको यो दोस्रो पटक हो । हामीले २०१९ मा गरेका थियौ गत वर्ष कोभिडले बातावरण सहज बन्न सकेन अहिले पुनः लयमा फर्कियौँ ।’ विद्यार्थीहरुलाई यसरी दक्ष मात्र बनाउनु भयो कि दक्षतालाई सदूपयोग गर्ने वातावरण पनि देखाउनु भयो, अहिलेसम्म यहिबाट उत्पादीत विद्यार्थिले के–के गरिरहेको प्रश्नमा उनले भने ‘विद्यार्थीहरुलाई हामीहरुले अहिलेसम्म कुनै विजनेश समूहमा आबद्ध गराउन सकेका छैनौँ, तर विद्यार्थी आफैले व्यक्तिगत रुपमा विजनेश गर्दै आउनु भएको छ ।’ साथै अहिलेको प्रोग्राममा विभिन्न विजनेश ग्रुपलाई यसको बारेमा जानकारी गराईएको छ, जसले गर्दा भोली दक्षता लगानीको वातावरण बनाउन अझ सहज हुनेछ ।’ नेशनल इन्टरनेश्नल कलेज तथा विजेनेश ग्रुपहरुसँग सहकार्यका लागि छलफल भईरहको समेत उनको भनाई छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ