बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वल प्रसाद कसजु विजयी भएका छन्। संघको ६७ औं वार्षिक साधारण सभा तथा २४औं अधिवेशनको कार्यक्रममार्फत अध्यक्ष पदमा कसजु निर्वाचित भएका हुन्। अध्यक्षमा निर्वाचित कसजुले ६६२ र उनका प्रतिद्वन्द्वी हरिप्रसाद अर्यालले ४८३ मत प्राप्त गरेका थिए।
संघको अधिवेशनमा अध्यक्ष, कोषाध्यक्ष, सचिव तथा खुल्ला तर्फको सदस्य र महिला तर्फको सदस्य पदमा मतदान भएको थियो। कोषाध्यक्ष पदमा ६९२ मतसहित नवीन श्रेष्ठ, सचिव पदमा ५२१ मतसहित मुक्तिप्रसाद अधिकारी निर्वाचित भएका छन्।
त्यस्तै खुल्ला तर्फको कार्यसमिति सदस्य पदमा दीनेश श्रेष्ठ (९३२), दीपकप्रसाद चापागाई (९६९), कृष्ण श्रेष्ठ (९५२), मोह्मद जमिल खान (८५७), सुमोदमान सैंजु (९३१), टिकाराम बञ्जाडे (९५०) र त्रिविक्रम श्रेष्ठ (८८६) विजय भएका छन् भने महिला सदस्यतर्फ जमुना पौडेल (६३४) र मीना प्रधान (६११) विजयी भएको प्रमुख निर्वाचन आयुक्त बाबुराम पाण्डेले जानकारी दिए।
नयाँ नेतृत्व चयनको लागि भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दीनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, वाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल, महासचिव पदमा विमलराज भट्टराई तथा एशोसियट सदस्य पदमा आनन्दप्रसाद वझा, चार उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु र संजय कलवार जयसवाल विजयी भएका छन्।
चार वाणिज्य सदस्य पदमा काशिराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल निर्विरोध निर्वाचित भएका छन्।
अध्यक्ष पदमा निर्वाचित भएसँगै कसजुले उद्योगी व्यवसायीको समस्या समाधानका लागि आफ्नो तर्फबाट पहल तथा पैरवी गर्ने र सबैको साथमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३