Logo

सोमवार, आश्विन २६ गते २०८३

अ

सूर्य थापाको कडा टिप्पणी : प्रचण्ड–नेपालको नेतृत्वमा सरकार बन्नु गोरु ब्याउनु जस्तै

सूर्य थापाको कडा टिप्पणी : प्रचण्ड–नेपालको नेतृत्वमा सरकार बन्नु गोरु ब्याउनु जस्तै


सूर्य थापाको कडा टिप्पणी : प्रचण्ड–नेपालको नेतृत्वमा सरकार बन्नु गोरु ब्याउनु जस्तै

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको नेतृत्वमा सरकार बन्ने सम्भावना ‘शून्य बराबर’ रहेको बताएका छन्। बिहिबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपा ओली समूहका केन्द्रीय सदस्य समेत रहेका थापाले ‘प्रचण्ड र नेपालको नेतृत्वको प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना असम्भव र शून्य बराबर रहेको’ टिप्पणी गरेका हुन्।  

‘पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्व प्रधानमन्त्रीत्वमा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात असम्भव नै छ,’ उनले लेखेका छन्,‘यो गोरु ब्याएर बिगौती खान खोजजस्तै मात्र हो। कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाऔं।’

गत मंगलबार सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरिदिएपछि नेकपा प्रचण्ड–नेपाल समूह नयाँ सरकार गठनका लागि गृहकार्यमा जुटेको छ।  प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वयले नयाँ सरकार साझेदारीका लागि कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) नेपालसँग छलफल गरेका छन्। बुधबार कांग्रेस सभापति देउवासँग छलफल गरेका उनीहरुले आज जसपाका नेताहरुसँग कुराकानी गरेका छन्।

कामना न्यूज

  • बिहिवार, फाल्गुन १३ २०७७०२:१६:०४
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ