Logo

मंगलवार, आश्विन २७ गते २०८३

अ

नयाँ सरकारको चलखेल शुरू, दाहाल-नेपाल भेट्न जसपा नेता पेरिसडाँडामा

नयाँ सरकारको चलखेल शुरू, दाहाल-नेपाल भेट्न जसपा नेता पेरिसडाँडामा


नयाँ सरकारको चलखेल  शुरू, दाहाल-नेपाल भेट्न जसपा नेता पेरिसडाँडामा

काठमाडौँ- सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेसँगै नयाँ सरकार गठनको चलखेल शुरू भएको छ ।

नयाँ सरकार गठनका लागि नेपाल कम्युनिस्ट पार्टीका प्रचण्ड–नेपाल समूहले परामर्श अगाडि बढाएको छ । संसद् पुनःस्थापना भएको विजयी उत्सव मनाउँदै नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीको खोजी गर्न गृहकार्य अगाडि बढाएको छ ।

हिजो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेको नेकपा प्रचण्ड–नेपाल समूहले आज जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल थालेको छ ।

छलफलका लागि जसपा नेताहरू पेरिसडाँडा पुगेका छन्। जसपा नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठ पेरिसडाँडा पुगेका हुन्।

दाहाल–नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल भेटवार्तामा सहभागी भएका छन्।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ