काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले ९० कम्पनीको तीन वर्ष पुरानो धरौटी रकम फिर्ता गर्न लागेको छ । प्राधिकरणले कम्पनीसँग विभिन्न प्रयोजनका लागि लिएको धरौटी र्फिता दिन लागेको हो । प्राधिकरणले सोही कम्पनीहरूको कुल २७ लाख ४४ हजार ९ सय २५ रुपैयाँ फिर्ता गर्ने जनाएको छ ।
कम्पनीहरूले ३५ दिनभित्र धरौटी रकम फिर्ता लिन आउनुपर्नेछ । काम सकेको प्रमाण र कर चुक्ता प्रमाणपत्र लिएर धरौटी फिर्ता दाबी गर्नुपर्ने प्राधिकरणले बताएको छ ।
धरौटी फिर्ता लिनेमा सोल्टी होटल, निर्माण कम्पनीहरू र क्याफेहरू छन् । तोकिएको समयभित्र धरौटी फिर्ता गर्न नआएमा सदर स्याहा गरी प्राधिकरणको कोषमा जम्मा गरिने प्राधिकरणले जानकारी दिएको छ ।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३