Logo

मंगलवार, आश्विन २७ गते २०८३

अ

अझैपनि सुध्रिएनन् प्रचण्ड, देखाइ छाडे पुरानै हर्कत !

अझैपनि सुध्रिएनन् प्रचण्ड, देखाइ छाडे पुरानै हर्कत !


अझैपनि सुध्रिएनन् प्रचण्ड, देखाइ छाडे पुरानै हर्कत !

ललितपुर ।  नेता कार्यकर्तालाई उचाल्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ सडकमा उत्रिएका छन् ।

बिहीबार आमहड्तालको दिन बिहान ललितपुरको सातदोबाटो चोकमा आएर दाहालले कार्यकर्ताहरू उस्काएका थिए । दाहाल–नेपाल समूहको बन्दका कारण आज दिनभर जनजीवन प्रभावित बनेको छ ।

दाहाल–नेपाल समूहका अराजक कार्यकर्ताहरूले सडकमा उत्रिएर गाडी जलाउने, एम्बुलेन्स फोड्न, तरकारी फाल्ने लगायतका हर्कत गरिरहेका बेला प्रचण्ड सडकमा आएर कार्यकर्ता उचालेका हुन् ।

कार्यकर्ताहरूलाई उचालेर दाहालले सरकारविरुद्ध चर्का नारावाजी पनि लगाएको प्रत्यक्षदर्शीले बताएका छन् । दाहाल सातदोबाटो हुँदै लगनखेल पुगेका थिए ।

दाहाललाई सातदोबाटोका कार्यकर्तालाई उचालेर कमाण्डिङ गर्न नेता देव गुरुङले साथ दिएका थिए ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ