काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० अर्ब रूपैयाँ बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट संकलन गर्ने गर्न लागेको छ । बैंकले बुधबार सुचना जारी गर्दै २८ दिनको अवधिको लागि निक्षेप संकलन उपकरण निष्काशन गर्न लागेको जनाएको छ ।
निक्षेप संकलन उपकरण खरिद गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले घटीमा ५ करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निस्शेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सक्नेछन् ।
उक्त निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने बैंकले बताएको छ ।
व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने छ । यसको बोलकबोल आज माघ ८ गते, बिहीबार० दिउँसो २ बजेसम्म मार्फत हुनेछ ।

११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ