Logo

मंगलवार, आश्विन २७ गते २०८३

अ

अदालतको निर्णय स्वीकार गरिन्छ : देउवा

अदालतको निर्णय स्वीकार गरिन्छ : देउवा


अदालतको निर्णय स्वीकार गरिन्छ : देउवा

चौतारा । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतलाई स्वतन्त्र मान्ने नीति भएकाले संसद् विघटनको मुद्दामा सर्वोच्च अदालतले गरेको निर्णयलाई पार्टीले सहस्र स्वीकार गर्ने बताएका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित पलाँतीमा आयोजित फुटबल प्रतियोगिताको समापन समारोहलाई मंगलबार सम्बोधन गर्नेक्रममा सभापति देउवाले अदालत स्वतन्त्र निकाय भएकाले स्वतन्त्ररूपमा निर्णय गर्न पाउनुपर्छ भन्दै अदालतलाई सडकबाट धम्क्याउने काम पार्टीको नीतिभित्र नपर्ने स्पष्ट पारे । कांग्रेस प्रजातान्त्रिक पार्टी भएको उल्लेख गर्दै संसद् पुनःस्थापना भए पनि अथवा निर्वाचन हुने भए पनि पार्टी पछि नहट्ने धारणा उनले राखे ।कांग्रेसका केन्द्रीय सदस्य एवं खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीको आन्तरिक कलहलाई मिलाउन असफल भएपछि बहुमतको सरकार भए पनि संसद् विघटन गरेको बताए ।

रासस

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ