नेपाल भारत सीमाको कञ्चनपुरको बेलौरी नगरपालिका–१० नजिकै दशगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बनाएको अस्थायी पोष्ट हटाएको छ । सीमा स्तम्भ नम्बर ३४ र ३५ को बीचमा रहेको दशगजा क्षेत्रमा भारतीय एसएसबीले नेपाली पक्षको विरोधका कारण बनाएको अस्थायी पोष्ट हटाएको हो । बुधबार एसएसबीले दशगजा क्षेत्रमा त्रिपाल राखेर अस्थायी पोष्ट राखेको जानकारी स्थानीय बासिन्दाले सशस्त्र प्रहरीलाई दिएका थिए । सशस्त्र प्रहरीले एसएसबीका उच्च अधिकारीसँग समन्वय गरी पोष्ट हटाउन लगाएको छ । सशस्त्र प्रहरी बल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले दशगजा क्षेत्रमा पोष्ट राखेको जानकारी पाउना साथ तत्कालै हटाउन लगाइएको बताउनुभयो । “एसएसबीको स्थानीय कमाण्डरको गल्तीका कारण दशगजा क्षेत्रमा पोष्ट राखेको रहेछ”, उहाँले भन्नुभयो, “एसएसबीका अधिकारीसँग समन्वय गरी बिना विवाद पोष्ट हटाउन लगाएका छौँ । भारतीयले गल्ती स्वीकार गर्दै पोष्ट हटाएका छन् ।” दशगजा क्षेत्र नेपाल भारतको सीमा छुट्याउने विन्दु भएकाले दुवै देशले कुनै पनि किसिमको गतिविधि गर्न पाउँदैनन् ।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३