Logo

बुधवार, भाद्र १० गते २०८३

अन्धाधुन्ध चक्कु प्रहारबाट सातजनाको मृत्यु

अन्धाधुन्ध चक्कु प्रहारबाट सातजनाको मृत्यु


अन्धाधुन्ध चक्कु प्रहारबाट सातजनाको मृत्यु

काठमाडौँ– चीनको पूर्वीक्षेत्रमा अन्धाधुन्ध चक्कु आक्रमण भएको छ । आक्रमणमा परी कम्तिमा सातजनाको मृत्यु भएको छ ।

अन्धाधुन्ध चक्कु आक्रमणमा अन्य सातजना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । यो घटना लिओलिंग प्रान्तको काइयुएन नामक सानो शहरमा भएको हो ।
घटनाको कारण खुलेको छैन । प्रहरीले आरोपित आक्रमणकारीलाई पक्राउ गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आक्रमणकारीले अन्धाधुन्ध रुपमा मानिहरुमाथि चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन्। चीनमा हिंसात्मक अपराधहरु दुर्लभ भए पनि पछिल्ला वर्षहरुमा चक्कु आक्रमणका घटना बढ्दै गएका छन् ।

कामना न्यूज

  • सोमवार, पौष १३ २०७७०८:२०:१८
सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण