Logo

बिहिवार, आश्विन १ गते २०८३

लकडाउनपछि कसरी पढ्ने ?

लकडाउनपछि कसरी पढ्ने ?

  • 3.5K
    SHARES

  • लकडाउनपछि कसरी पढ्ने ?

    लकडाउनमा सबैको जनजीवन प्रभावित हुनुका साथै जीवनशैली नै परिवर्तित भयो ।  पढाईमा पनि लकडाउनले ठूलो असर पारेको छ । नौ महिना बितिसक्दा पनि शैक्षिक संस्था खुलेको छैन । स्कुल,कलेज,विश्वविद्यालय सबै अहिले प्रत्यक्ष रुपमा बन्द रहेको छ । केही शैक्षिक संस्थाहरुले अनलाईन मार्फत कक्षा सञ्चालन गरी परीक्षा पनि अनलाइन मार्फत समापन  गरेका छन् । कक्षा ११ र १२ को परीक्षा पनि केही दिन अगाडी समापन भएको छ । 
    लकडाउनपछि धमाधम विश्वविद्यालयका परीक्षाहरु भईरहेको छ भने कतिपय परीक्षाहरु निकै छिटो हुन गइरहेको छ । विद्यार्थीलाई परीक्षाको बेला एक किसिमको डर हुने गरेको सबैले महसुस पक्कै गरेका छौँ । लकडाउनमा कोरोनाको डरको कारणले पढ्न पनि खासै मन नलागेको धेरै जना विधार्थीबाट गुनासो आइरहेको छ भने परीक्षाको डर हामीले पनि भोगेका छौँ ।  
    लकडाउनपछि धेरैको जीवनशैली परिवर्तन भएको छ । हाम्रो स्वास्थलाई ख्याल राख्नुको साथै काम,पढाई आदीलाई अगाडी बढाउनु पनि उतिकै आवश्यक रहेको छ । जीवनलाई विस्तार गर्न पनि आवश्यक छ । सबैको जीवनमा प्रभाब परेसंगै परीक्षा नजिकिदै गर्दा विद्यार्थीको डर परीक्षाको कारणले बढ्दै गइरहेको छ । परीक्षा पास नगरी माथिल्लो कक्षामा जान नपाउनुको कारण परीक्षा पास गर्नु अत्यन्त आवश्यक छ । 
    यस्तो तरिकाले पढ्न सुरु गरौँ । 
    १.आजबाटै सुरु गरौँ
    परीक्षाको धेरै तनाब लिनुभन्दा आजबाटै पढाई सुरु गरेको राम्रो हुन्छ । पहिलो दिन एक घण्टामात्र पढी बानी बसालौँ । जति छिटो सुरु गर्यो त्यती नै सजिलो हुन्छ । 
    २.सजिलो विषय पहिला 
    आफूलाई मन परेको र सजिलो विषयबाट सुरु गर्दा आफ्नो आत्मविश्वास बढ्छ । सजिलो विषय हुदैँ गार्हो विषयतर्पm प्रवेश गरौँ । पहिला सजिलो विषयलाई प्राथमिकता दिनु नै उत्तम हुन्छ । 
    ३.समय तालिका 
    पढ्ने समय तालिका बनाउन अत्यन्त महत्वपूर्ण रहेको हुृन्छ । पढ्ने समयतालिकाले हाम्रो मस्तिष्कले पढाईलाई आवश्यक काम भनेर सोच्न थाल्छ र पढ्न प्रेरित हुन्छौँ । सधै समय तालिकालाई महत्व दिन आवश्यक रहेको हुन्छ । दैनिकी रुपमा पढ्ने बानी बसाल्नु पर्छ । 
    ४.जीवनशैली
    विद्यार्थीको जीवनमा पढाइसंगै सकरात्मक जीवनशैली पनि आवश्यक रहेकोले आफ्नो दिनचर्यामा व्यायाम,स्वस्थ खाना,प्रसस्त पानी पिउने बानी तथा ध्यान पनि आवश्यक हुन्छ । तसर्थः जीवनशैलीलाई ध्यान दिनु पर्छ । 
    तसर्थः विद्यार्थीको जीवनमा पढाईको महत्व विशेष हुनुको कारण आजबाटै पढाईमा ध्यान केन्द्रित गरौँ र परीक्षमा सफल बनौँ ।

    सम्बन्धित समाचार
    विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३