काठमाडौं – नेपाली कांग्रेसका सांसद तथा पुर्वस्वास्थ्यमन्त्री गगनकुमार थापासहितका कांग्रेसका केही नेताहरुलाई कोरोना पुष्टि भएको छ ।
केन्द्रीय समिति बैठकका लागि कांग्रेसले गराएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको नेता थापाले खबरहबलाई बताए । थापाले भने,‘मलाई कुनै लक्षण देखिएको छैन। स्वास्थ्य सामान्य छ।
उनले आफ्नो स्वास्थ्य अबस्था सामान्य रहेको र घरमै बसिरहेको बताएका छन् । कांग्रेसका अनुसार अन्य केही नेताहरुको समेत कोरोना संक्रमण पुष्टि भएको छ । तर कतिजना नेतामा कोरोना संक्रमण देखियो भन्ने विषय भने अहिले नै थाहा हुन नसकेको जनाइएको छ ।
कांग्रेसको केन्द्रीय समिति बैठक आगामी सोमबारका लागि बोलाइएको थियो ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण