काठमाडौँ । प्याज कालोबजारी गर्ने व्यापारीहरु पक्राउ परेका छन्। उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बुधबार बजार अनुगमन गर्दा कालोबजारी गरेको भेटेपछि उनीहरुलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा काभ्रेका ३० वर्षीय सुनिल केसी, ३१ वर्षीय उपेन्द्र केसी, ४६ वर्षीय सर्दिप तन्डुकार र बाराका ५० वर्षीय हरिनारायण शाह कलवार रहेका छन्। मंगलबारसम्म ४८ रुपैयाँमा बिक्री भइरहेको प्याज उनीहरुले १ सय २० रुपैयाँ प्रतिकेजीमा बेचेका थिए।
भारतले निर्यात रोकेको बहनामा उनीहरुले प्याज महंगोमा बेचेका हुन्। उनीहरुलाई कालोबजारी ऐनअनुसार कारवाही गरिने महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण