Logo

शनिवार, कार्तिक १ गते २०८३

अ

नेकपा विवाद समाधान गर्न सहमतिको ठोस कार्ययोजना बन्दै

नेकपा विवाद समाधान गर्न सहमतिको ठोस कार्ययोजना बन्दै


नेकपा विवाद समाधान गर्न सहमतिको ठोस कार्ययोजना बन्दै

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विवाद समाधान कार्यदलले दिएको सुझावका आधारमा कार्यान्वयनको कार्य योजनासहितको प्रस्ताव तयार गरेका छन्।

अध्यक्षद्वयले बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गरेको छलफलमा स्थायी कमिटीको बैठक यही भदौ २६ गते बस्ने बैठकका लागि पेश गर्ने सहमतिको ठोस प्रस्ताव तयार गर्नुभएको नेकपाका केन्द्रीय प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। छलफलमा महासचिव विष्णु पौडेलको पनि सहभागिता थियो। उक्त सहमतिको प्रस्ताव स्थायी कमिटीका सदस्यलाई पठाउने प्रक्रिया पनि शुरु भएको छ।

गत साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक अध्यक्षद्वयले २६ गते बिहान ११ बजेका लागि तोकेको छ। पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे यही भदौ १८ गतेको सचिवालय बैठकमा छलफल भएको थियो।

गत साउन ३० मा भएको छलफलबाट महासचिव पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले यही भदौ ६ गते अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा प्रधानमन्त्री ओलीले सरकारको काममा केन्द्रित भई बाँकी कार्यकाल पूरा गर्ने र अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षमा आफूलाई केन्द्रित गर्ने, मन्त्रिपरिषद्मा आवश्यकतानुसार हेरफेर गर्ने, तोकिएको समयमा महाधिवेशन गर्ने, एकताका बाँकी काम शीघ्र पूरा गर्नेलगायत सुझाव छन्।

नेकपामा गत असार १० गते शुरु भएको स्थायी कमिटी बैठक आन्तरिक विवादका कारण पटकपटक स्थगित हुँदै आएको थियो।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ