Logo

बुधवार, भाद्र १० गते २०८३

कोरोना नियन्त्रण गर्न गल्ती गरेको भन्दै प्रधानमन्त्रीले मागे माफी

कोरोना नियन्त्रण गर्न गल्ती गरेको भन्दै प्रधानमन्त्रीले मागे माफी


कोरोना नियन्त्रण गर्न गल्ती गरेको भन्दै प्रधानमन्त्रीले मागे माफी

काठमाडौँ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न केही देशमा लकडाउन जारी छ। कोरोना नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को निर्देशिकाअनुसार देशहरुले लकडाउन गरेको थियो।

यसैबीच सिंगापुरका प्रधानमन्त्री ली सियन लुङ्नले लकडाउनबाट पर्न गएको असरबारे माफी मागेका छन्। उनले भनेका छन्, ‘महामारीको सामना गर्न सरकारले गरेको गल्तीका लागि माफी चाहन्छु।’

उनले यो गल्ती विदेशी कामदारको सम्बन्धमा मागेका हुन्। त्यसबेला सिंगापुरले लकडाउन गरी विदेशी एउटै कोठामा २० जना विदेशी कामदार राखेको थियो।

प्रधानमन्त्रीले सरकारले छिटो र आक्रामक कदम चालेर कोरोनाको सामना गर्नु पर्ने बताएका छन्। सिंगापुरमा कोरोनाबाट ५६ हजार ९ सय १ जना संक्रमित भएका छन् भने २७ जनाको मृत्यु भएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण