Logo

बिहिवार, आश्विन १ गते २०८३

७० प्रतिशत सम्पन्न काष्ठमण्डप पुनःनिर्माण

७० प्रतिशत सम्पन्न काष्ठमण्डप पुनःनिर्माण


७० प्रतिशत सम्पन्न काष्ठमण्डप पुनःनिर्माण

काठमाडौँ । काष्ठमण्डप पुनःनिर्माणको काम लक्ष्यानुरुप अघि बढिरहेको छ।  काष्ठमण्डप  पुनःनिर्माण समितिले हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ। पहिलो तलाको काम सम्पन्न गरी अहिले दोस्रो तलामा काठको काम भइरहेको जनाएको छ।   

विश्वभरि फैलिएको कोरोना भाइरसका कारण गत चैतवैशाखमा काम हुन नसके पनि अहिले दैनिक ३५  कामदारले नियमितरुपमा काम गरिरहेका छन्। अहिले भएका कामदारले यही गतिमा काम गर्न पाए तोकिएको समयमा नै पुनःनिर्माणको काम सम्पन्न हुने पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिएका ।

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको शुरुआत २०७५ साल कात्तिक २२ गतेदेखि भएको हो। निर्धारित समयानुसार समितिले २०७८ असार मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्नेछ।  पुनःनिर्माणका लागि रू १९ करोड खर्च लाग्ने अनुमान गरिएकामा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई रू १० करोड ५० लाख आर्थिक सहयोग गरिसकेको छ। पुनःनिर्माणका लागि जम्मा १७ हजार ५८ क्युफिट काठ आवश्यक पर्छ।
 
भूकम्पले पूर्णरुपमा क्षति पु¥याएपछि सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम अहिले तीव्ररुपमा भइरहेको हो। तत्कालीन राजा लक्ष्मीनरसिंह मल्लका पालामा एउटै रुखबाट काष्ठमण्डप निर्माण गरेको इतिहास छ।  निर्माणका क्रममा अहिले प्रयोग गरिएका केही काठ पुरानै र केही टिम्बर कर्पोरेशन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको हो। अहिले छानामा प्रयोग हुने काठको आवश्यकता परेकाले  धनगढीबाट ल्याउने तयारी भएको  अध्यक्ष शाक्यले जानकारी दिएका छनु। 

हाल पहिलो तलामा प्रयोग गरिएका ४ थाममध्ये ३ नयाँ र १ पुरानै प्रयोग गरिएको समितिले जनाएको छ। काष्ठमण्डप नेपालकै मौलिकता र इतिहास झल्काउने एवं संस्कृतिसँग जोडिएकाले सबैको मन जितेर पारदर्शीरुपमा निर्माणलाई नमूना बनाउनुपर्ने स्थानीयवासीको माग छ। 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३