काठमाडौँ । कोरोना महामारीका कारण रोकिएको पर्यटन क्षेत्र पनि स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न व्यवसायहरूले माग गरेका छन्।
पर्यटन क्षेत्रका झण्डै दुई दर्जन छाता संगठनले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईलाई भेटेर स्वास्थ्य तथा सुरक्षा मापदण्ड अपनाएर पर्यटन क्षेत्रलाई चलायमान बनाउन माग गरेका हुन्।
१ गतेदेखि आन्तरिक तथा बाह्य हवाई उडान पुनः सञ्चालन गर्ने सरकारको यसअघिको निर्णयानुसार बिदामा बसेका कर्मचारीलाई कार्यालयमा बोलाएर पर्यटन उद्योग सञ्चालन गर्ने तयारीमा रहे पनि उडानको कार्य निश्चत नहँुदा व्यवसायीहरू थप मारमा परेका छन्।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष अच्युत गुरागाईंले विदेशी पर्यटकलाई राज्यले अवलम्बन गरेको स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण पालना गर्न लगाएर सेवा विस्तार गर्नुपर्ने बताएका छन्। नेपाल भित्रिने स्वदेशी तथा विदेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै कक्ष स्थापना गरी त्यहीँबाट पिसीआर परीक्षणको व्यवस्था समेत मिलाउनु पर्ने बताए ।
मुलुकमा पछिल्लो दुई महिनादेखि दैनिक ७देखि १० चार्टड उडान सञ्चालन भए पनि उक्त उडानले राज्यको आर्थिक गतिविधिमा योगदान पु¥याउन नसकेको व्यवसायीको ठहर छ ।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३