Logo

बिहिवार, आश्विन १ गते २०८३

उत्तर कोरियामा पनि लकडाउन

उत्तर कोरियामा पनि लकडाउन


उत्तर कोरियामा पनि लकडाउन

काठमाडौँ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनले देशको सिमानामा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गर्नुभएको छ। छिमेकी दक्षिण कोरियासँगको सिमानामा पर्ने सहर कायसोङमा लकडाउन लगाइएको समाचारमा जनाइएको छ। लकडाउन लगाइएको सहरका हजारौ मानिस अहिले क्वारेन्टइनमा रहेको अधिकारीहरुले जनाएका छन्।

बिहिबार बसेको सत्तारुढ दलको पार्टीको बैठकमा सर्वोच्च नेता उनले विदेशी कुनै पनि सहयोग स्विकार नगर्ने जानकारी गराएका थिए । उनले सबै सीमा नाका बन्द गरिरहनु पर्नेमा पनि जोड दिएको सरकारी सञ्चार माध्यमले शुक्रबार जनाएको छ।

उत्तर कोरियाले कोरोनाभाइरस विरुद्ध आक्रामक रुपमा आफै लड्ने तयारी भइरहेको पनि जानकारी दिएको छ। साथै हालैका दिनमा बाढीका कारण भत्किएका घर, सडक र पुलहरुको पुनर्निर्माण गर्ने कार्यलाई समेत तिब्रता दिएको उनले बताए।

उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले मन्त्रीपरिषद्का सदस्यहरुको जिम्मेवारी हेरफेर पनि गरिएको जनाएको छ ।सर्वोच्च नेता उनले महत्वकांक्षासहित गत बर्षको डिसेम्बरमा पाँच वर्षे राष्ट्रिय विकास योजना घोषणा गरेका थिए ।
तर कतिपय विज्ञहरुले भने कोरोनाका कारण उत्तर कोरियामा थप आर्थिक संकटमा पर्नसक्ने विश्लेषण गरेका छन् बैठकमा नेता किमले तीन हप्तापछि कोरोनाभाइरसको महामारी स्थिर अवस्थामा पुग्ने जानकारी दिनुभयो ।

नेता उनले यसअघि गत जुलाई अन्त्य तिर पनि पूर्ण लकडाउन तथा संकटकालको घोषणा गर्नुभएको थियो । त्यस बेला धेरै प्रतिवन्धात्मक व्यवस्थाहरु लागु गरिएको थियो ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३