काठमाडौँ। कोरोना महामारीका कारण बन्द भएको वायुसेवा भदौ १ देखि खुल्ला हुने सरकारले घोषण गरेसँगै निगमका सञ्चालकहरू काममा खटिरहेका थिए।
महामारी फैलिएसँगै नियन्त्रणका लागि आन्तरिक तथा बाहृय व्यवसायिक उडानमाथिको प्रतिवन्ध थप १६ दिन लम्ब्याएपछि व्यवसायी पुनः निरास बनेका छन्।
५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले १ भदौबाट सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो तर, गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडानमा १६ दिन लम्ब्यएको छ।
निजी साधन तथा, एम्बुलेन्स, तरकारी बोक्ने गाडीमा घण्टौँ यात्रा गराएर एक शहरबाट अर्काे शहरसम्म जाँदा कोरोना नफैलिने तर सुरक्षितका सबै प्रक्रिया पुरा गरी एक घण्टाको उडानबाट कोरोना फैलिने सक्ने सरकारको आंशकाप्रति पनि प्रश्न उठाएका छन्।
वायुसेवा सञ्चालक संघले बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै हवाई उद्योग अब धरासायी हुने अवस्थामा पुगेको उल्लेख गरेको छ। भाद्र १ बाट उडान सञ्चालनका लागि संघका सदस्य वायुसेवा कम्पनी पूर्णरूपमा तयार भएको भन्दै संघले पुनः १५ दिनको प्रतिबन्धले आम यात्रु, श्रमिक तथा उद्योगलाई समेत अन्याय भएको आयोनले उल्लेख गरेको छ।
सरकारले पछिल्लो समय तोकेको १६ भदौको मितिमा पनि हवाई सेवा सञ्चालनको वातावरण नबनाए व्यवसायी आन्दोलनमा जान बाध्य हुने चेतावनी वायुसेवा सञ्चालका अध्यक्ष रामेश्वर थापाले जानाकारी दिएका छन् ।
टिकट काटेका यात्रु अलपत्र
सरकारले १ भदौबाट हवाई उडान खोल्ने भनेसँगै यात्रुले धमाधम बुकिङ थालेका थिए। वायुसेवा कम्पनीले ५ साउनबाटै बुकिङ खोलेका थिए। तर, उडान प्रतिवन्ध लम्बिएपछि यात्रुको योजना पुनः अवरुद्ध भएको छ। यसले हजारौं यात्रु अलपत्र भएका छन्
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३