Logo

बुधवार, आश्विन २८ गते २०८३

अ

३ करोड जनसंख्यामा २६ लाख युवा विदेशिनु राम्रो होइनः प्रधानमन्त्री ओली

३ करोड जनसंख्यामा २६ लाख युवा विदेशिनु राम्रो होइनः प्रधानमन्त्री ओली


३ करोड जनसंख्यामा २६ लाख युवा विदेशिनु राम्रो होइनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जनशक्तिलाई देशको विकासका उचित रूपमा परिचालन गर्न नसकिएको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवा शक्तिलाई देशमै पर्याप्त रोजगारीको व्यवस्था गरेर देशविकासमा लगाउन सरकार प्रयास गरिरहेको बताएका छन् ।

‘युवा जनशक्तिलाई देश विकासको लागि समुचित ढंगले प्रयोग गर्न सकेका छैनौँ । २५ प्रतिशत युवा देशबाहिर रोजगारी र शिक्षाका लागि गएका छन् । तीन करोड जनसंख्या भएको मुलुकमा २६ लाख युवा रोजगारीका लागि बाहिर जानु राम्रो होइन,’ प्रधानमन्त्रीको भनाइ छ ।

उनले युवा विदेशिनबाट रोक्न सरकारले ठोस प्रयास गरिरहेको भन्दै केही वर्षभित्रै बाध्यतमा बाहिर जाने अवस्थाको अन्त्य गर्ने रणनीति सरकारले बनाइरहेको बताए ।

उनले युवाहरुको साथमा सरकार रहेको भन्दै युवा विना कुनैपनि काम सफल हुन नसक्ने बताए । ‘सरकार साथमा छ । अभिभावकत्व ग्रहण गर्न, साथ सहयोग गर्न सरकार दत्तचित्त छ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ