भौगर्भिक, भौगोलिक, जैविक, जल तथा मौसम र वातावरणीय अवस्थाका कारणले विपद्का घटनाहरू हुने गरेका छन्। नेपालको पूर्वदेखि पश्चिमसम्मको भूभाग वर्षायाममा बाढी पहिरो, अतिवृष्टि या अनावृष्टि, असिना, खडेरी, हावाहुरी, हिउँदमा शीतलहर एवं हिमपात र जुनसुकै समयमा भूकम्पीय दृष्टिले संवेदनशील मानिन्छ ।
नेपालमा मनसुनयाममा विशेषतः जुन १० देखि सेप्टेम्बर २३ सम्म अत्यधिक वर्षा हुने गरेको छ । छोटो समयमा पर्ने अत्यधिक वर्षा, अपूरो र कमजोर बाढी नियन्त्रण संरचना, नदीमा गरिएको अतिक्रमण, भारतले सीमामा बनाएको तटबन्ध नै नेपालमा बाढीको प्रमुख कारण रहेको पाइन्छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र सङ्कट निवारण तथा पुनर्लाभ ब्युरोका अनुसार बाढी र पहिरो जोखिमको हिसाबले विश्वमा नेपाल ३० औँ स्थानमा छ ।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार २०७७ साल जेठ ३१ गतेदेखि असार २९ गतेको बीचमा नेपालमा भएको बाढीपहिरो र डुबानका कारण ८५ जनाको मृत्यु भएको छ भने ४६ जना बेपत्ता भएका छन्। त्यसबाट १५ भन्दा बढी जिल्ला प्रभावित भएका छन् । बर्सेनि यसरी प्राकृतिक विपत्तिका घटना हुनुमा नदीहरूको प्रकृतिले पनि सहयोगी भूमिका खेलेको छ। देशभरि छ हजारभन्दा बढी नदीनाला छन् र तिनीहरूकोे लम्बाइ करिब ४५ हजार किलोमिटर छ। त्यस्ता नदीको निकासमार्ग अत्यन्तै संवेदनशील र नजिक छ। नदीनालाको वरिपरिका क्षेत्रमा मानिसको बसोवास छ।
नेपालमा मनसुन सक्रिय गराउने मनसुनी न्यूनचापीय रेखा तराई–मधेश क्षेत्र नजिक रहेकाले अझै तीन चार दिन देशव्यापी भीषण वर्षाको सम्भावना छ। प्राकृतिक विपद्लाई बुद्धिमत्तापूर्ण तरिकाले न्यूनीकरण गर्न सकिनेछ, रोक्न सकिँदैन। विपद् आइसकेपछि त्यसबाट नागरिकलाई बचाउनु राज्यको पहिलो कर्तव्य हुनेछ। प्राकृतिक विपद्लाई विपद्पूर्व र विपद्पछिको गरी दुई दृष्टिकोणका आधारमा व्यवस्थापन गर्ने प्रयास सरकारले गर्दै आएको छ। नदी, बाढी, पहिरो नियन्त्रण, नदीमा खतराको तह अङ्कित, मौसम पूर्वानुमान सार्वजनिक, सूचना प्रवाह गरेर विपद्पूर्वको होसियारी तयारी गरिँदै आएको छ।
प्रदेश २ बढी जोखिममा
केही दिन देखिको अविरल वर्षाले उपयुक्त निकास र नदी–खोलामा तटबन्ध व्यवस्थित नहुँदा प्रदेश २ का आठवटै जिल्ला बाढीको पानीले जलाम्य भएका छन् । गत हप्तादेखि प्रदेश २ मा आएको बाढीले बगाउँदा अहिलेसम्म सर्लाही र महोत्तरीमा दुई जना बेपत्ता छन्। त्यस्तै बाढीले सय १९ घर र ८ सय ४५ जना विस्थापित भएका छन्।
प्रदेश २ प्रहरी कार्यालयका अनुसार महोत्तरीको रातु खोलाले बगाउँदा ४० वर्षीय वीरेन्द्र कापर र रौतहटको चाँदी खोलामा बगेर ५० वर्षीय सुकमानी थिङ छन्। विभिन्न जिल्लामा ३८ वटा घरमा बाढीले क्षति पु¥याएको छ। सिरहामा बलान नदीले सखुवा–४ र लहान–२३ का बस्ती र खेतीयोग्य जग्गा कटान गरेको छ। कटान क्षेत्रमा प्रदेश २ का भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल र आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले निरीक्षण गरेका छन्। कटान रोक्न तारजालीको तत्काल बन्दोबस्त मिलाउन मन्त्रीहरूको निर्देशन छ।
यता प्रदेशमा बाढीको प्रकोप बढेपनि प्रदेश सरकारको तयारी शुन्य देखिएको छ। बाढी आउनु पूर्व नै उद्धार र राहतका लागि आवश्यक गर्नु पर्नेमा प्रदेश सरकारले बाढी आउँदा पनि तदारुकताका साथ उद्धार र राहतको व्यवस्था गर्न नसकेको हो।
यद्यपी प्रदेश २ सरकारले बाढी प्रभावित क्षेत्रको अनुगमन सुरु गरेको छ। अविरल वर्षापछि आएको बाढीका कारण भएको क्षति तथा वस्तुगत अवस्थाबारे बुझ्नका लागि भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको नेतृत्वमा अनुगमन सुरु भएको हो।
प्रदेश सरकारद्वारा गठन गरिएको मन्त्री सोनलको संयोजकत्वमा रहेको विपद् व्यवस्थापन तथा अनुगमन समितिद्वारा सिरहास्थित कमला नदी, घुर्मी नदी, बतहा नदी, बलान नदी, गागन नदी लगायतका नदीमा आएको बाढी र सोबाट भएको कटान तथा डुबानले गरेको क्षतिको अध्ययन तथा अनुगमन थालेको छ।
अनुगमन सुरु गर्दै मन्त्री सोनलले बाढी प्रभावित क्षेत्रहरुमा प्रदेश सरकारले अनुगमन पश्चात उद्धार तथा राहतको कार्य सुरु गरिने बताए। उनले बाढीको प्रभावलाई न्यूनीकरण गर्न सरकारले आगामी दिनहरुमा विज्ञमार्फत दिर्घकालिन योजना ल्याउन गइरहेको समेत जानकारी दिए।
मन्त्री सोनलले राहतका लागि प्रदेश सरकार पूर्ण रूपले तम्तयार रहेकाले छिट्टै प्रभावित क्षेत्रमा राहत टोली समेत पुग्ने स्पष्ट पारे।
प्रदेश २ का आठवटै जिल्लामा भएका कटान, बाढीपहिरो, डुबानले केही सन्देश दिएका छन् । यी प्रकृति प्रकोपविरुद्ध राहत र पुनःस्थापना नै पर्याप्त पहल होइनन्। नेपालका बस्ती, भौगोलिक बनावट, अवैज्ञानिक सडकजस्ता संरचना आदि र प्रकृति प्रकोपको सम्बन्धबारे प्राविधिक सामाजिक विश्लेषण जरुरी छ। प्रकोपमा कहीँ कतै मानवीय क्रियाकलाप नै मुख्य जिम्मेवार त छैनन् भनेर विगतको समीक्षा र आगामी योजना बनाउनु नितान्त आवश्यक छ। हरेक वर्ष प्रकोप, राहत तथा उद्धारको नियमित आकस्मिकता रोक्न अबका दिनमा भिन्न कोणबाट परिचालित हुनुपर्छ। तराई क्षेत्र डुबानमा पर्नुका अन्य कारण पनि छन्। नदी नियन्त्रणका सन्दर्भमा प्रभावकारी काम नहुनु, बजेटको अभाव रहनु, भएका काममा समेत गुणस्तरीयता नहुनुजस्ता अवाञ्छनीय पक्षले गर्दा तराईवासी सदैव रुन बाध्य छन्। भारतले गलत ढङ्गबाट बनाएको तटबन्ध हटाउन लगाउने, सम्झौताअनुरूप क्षतिपूर्तिको व्यवस्था गराउने र दुवै पक्ष डुबानमा नपर्नेगरी संरचना निर्माण गरिनुपर्ने अपेक्षा साकार भइरहेको छैन।
बाढीपहिरोको विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि पूर्वसचेतना कार्यक्रम, विपद्का बखत तत्कालका उद्धारका प्रबन्ध, अल्पकालीन र दीर्घकालीन राहतका काम पनि गहन समीक्षाका विषय बनेका छन्। बाढी तथा पहिरोको बढी जोखिम भएका ठाउँमा जनधनलाई अधिक महत्व दिनैपर्छ। त्यस्ता जोखिमपूर्ण ठाउँमा भएका बस्ती वा परिवारलाई स्थानीय क्षेत्रमै सुरक्षित बसोवास, खानपान र औषधोपचारको व्यवस्था गर्नुपर्छ । बाढीपहिरो, भूकम्प आदि विपत्तिमा परेकालाई मनोवैज्ञानिक रूपमै उत्साही तुल्याउन नसके अपेक्षित सफलता प्राप्त हुन सक्दैन, तसर्थ यस्ता काममा विशाल छाती प्रदर्शन गर्न चुक्नुहुँदैन।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण