Logo

बुधवार, भाद्र १० गते २०८३

गण्डकी प्रदेशमा जोरबिजोर लागू नगरिने

गण्डकी प्रदेशमा जोरबिजोर लागू नगरिने


गण्डकी प्रदेशमा जोरबिजोर लागू नगरिने

काठमाडौँ। कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकीमा लागू नहुने भएको छ। सरकारले २ सय जनाभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा यो नियम लागू गर्ने निर्णय गरेको थियो। गण्डकी प्रदेशका सबै ११ जिल्लामा २ सयको संख्या सक्रिय संक्रमित नभएका कारण जोरबिजोर प्रणााली लागू नहुने भएको हो। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले प्रदेशको कुनै पनि जिल्लामा २ सयको हाराहारीमा सक्रिय संक्रमित नरहेको जानकारी दिए।

निर्देशक शर्माका अनुसार हालसम्म २६ हजार ३८ जनाको स्वाब संकलन गरिएको छ। तीमध्ये २४ हजार ४ सय ७२ को नेगेटिभ रिपोर्ट आएको छ। गण्डकीमा बिहीबारसम्म कोरोना संक्रमितको संख्या एक हजार ५ सय ६६ पुगेको छ। संक्रमितमध्ये एक हजार ३ सय ६२ निको भएका छन्। पछिल्लो २४ घण्टामा ३ सय १५ को कोरोना परीक्षण भएको छ भने हालसम्म चार जनाको कोरोनाका कारण मृत्यु भएको छ।

त्यसैगरी क्वारेन्टिनमा एक हजार ११ रहेका छन् भने आइसोलेसनमा २ सय ११ छन्। प्रदेशमा हालसम्म भारतबाट १२ हजार २ सय ९१ र तेस्रो मुलुकबाट पाँच हजार १ सय ४ जना आएको तथ्यांक छ। प्रदेशभर बिहीबार बिहानसम्म ११ जनामा कोरोना पुष्टि भएको छ। देशका विभिन्न तीन प्रयोगशालामा गरिएको परीक्षणमा चार जिल्लाका ११ जनामा कोरोना पोजेटिभ देखिएको हो। पोजेटिभ देखिने जिल्लामा कास्कीमा एक, पर्वतमा एक, गोरखामा छ र नवलपुरमा तीन सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। कास्कीका एक संक्रमित पोखरा महानगरपालिका–४ का २२ वर्षे पुरुष रहेका छन्।

जनस्वास्थ्यको मापदण्डानुसार २ सय जनाभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लामा बिहीबारदेखि सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्न गृह मन्त्रालयलये निर्देशन दिएको छ। मन्त्रालयका अनुसार २ सय जनाभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा बेलुका ९ देखि बिहान ५ बजेसम्म आवागमनमा समेत रोक लगाइएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले कास्की जिल्लामा पनि २ सय जना सक्रिय कोरोना संक्रमित नभएकाले जोरबिजोर लागू नहुने बताए।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण