कैलाली । निरन्तरको वर्षासँगै आएको बाढीले बगाउँदा कैलालीमा २ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्।
जिल्लाका काँडा, पर्थैया, कान्द्रा र मोहोना नदीमा आएको बाढी बस्तीमा पस्दा बुधबार भजनी नगरपालिका– ८ का ३ जना बेपत्ता भएका थिए।
भजनी नगरपालिका– ८ सोनाफाटाका ११ वर्षीय स्केल चौधरी, सोही ठाउँका ४० वर्षीय ईश्वर शाही र ३२ वर्षीय चक्र बिक बेपत्ता भएकोमा चौधरी र शाहीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताएका छन्।
चौधरीको बिहीबार र शाहीको शुक्रबार बिहान शव फेला परेको उनले बताए । बाढीको भेलमा बेपत्ता भएका ३२ वर्षीय चक्र विकको अवस्था भने अझै अज्ञात रहेको उनले जानकारी दिए ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण