काठमाडौँ । सरकारले लकडाउन खुकुलो पारेसँगै बिहीबारदेखि देशभरिका होटल तथा रेष्टुरेन्टहरू खुलेका छन्।
गत चैत ११ गते लकडाउन भएयता होटल र रेष्टुरेन्ट बन्द रहेका थिए। तर, लकडाउन खुकुलो भएसँगै होटल र रेष्टुरेन्ट खुले पनि ग्राहक अझै भने आएका छैनन्। राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा बिहीबारदेखि प्राय होटल रेष्टुरेन्ट खुलेका भए पनि ग्राहक भने फाट्टफुट्टमात्र आएको व्यवसायीहरूले बताएका छन्।
ठमेलस्थित ला बेला क्याफे एन्ड एक्वा क्याफेका सिनियर वेटर प्रज्वल अधिकारीले व्यवसाय सञ्चालनमा आएको भएपनि ग्राहक नै नभएको बताए।
‘होटल रेष्टुरेन्टमा आउने ग्राहक आउनु त परको कुरा ठमेलका सडकमै मान्छे छैनन्। ग्राहक आउन निकै कठिन र समय लाग्छ’, उनले भने।
उनको भिसा सकिएको दुई महिना भइसक्यो। अब अन्तर्राष्ट्रिय उडान खुल्नासाथ उनीजस्ता पर्यटक फिर्ता जानु पर्नेछ।
‘नेपाल सरकारले भिसा अवधि थपिदिए मलाई लकडाउन खुलेपछि फेरि नेपालका विभिन्न ठाउँ घुम्न मन छ,’ उनले भने।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३