Logo

बिहिवार, आश्विन १ गते २०८३

धरहराको आधा ढलान सकियो

धरहराको आधा ढलान सकियो


धरहराको आधा ढलान सकियो

काठमाडौँ। धरहराको लगभग आधा ढलान सकिएको छ। अघिल्लो हप्तादेखि सुरु भएको ११ औँ तलाको ढलान बुधबार सकिएसँगै धरहराको लगभग आधा ढलान सकिएको हो।

अब १२ औं तलाको काम सुरु भइरहेको छ भने धरहरा पुनर्निर्माणको समग्र कामको अहिलेसम्म ४० प्रतिशत सकिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुशील ज्ञवालीले बताएका छन् ।

अहिले झण्डै २ सय ६० जना कामदार खटिएका छन् । लकडाउन हटेपछि धरहराको काम धमाधम भैरहेको पनि प्राधिकरणले जनाएको छ ।

झण्डै ४२ रोपनी क्षेत्रफलमा बन्दै गरेको नयाँ धरहरा पहिलाको भन्दा चौडा हुनेछ । पुरानो धरहरा झण्डै साढे ४ रोपनी क्षेत्रफलमा थियो । धरहरामा दुई वटा लिफ्ट पनि हुनेछ ।

भित्रबाट २२ तलाको हुने धरहरा बाहिरबाट भने बेसमेन्ट सहित ११ तलाको हुने छ भने पुरानो धरहरालाई सुरक्षित अवस्थामा राखिने ज्ञवालीले बताएका छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३