काठमाडौँ । विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण बन्द भएको पर्यटकीय गतिविधिहरू अब विस्तारै सुचारु हुन थालेका छन्।
पर्यटकीय गन्तव्यमध्ये पोखरा पनि एक हो । पोखरामा कारोनाको ठुलै प्रभाव परेको छ। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने योजना सार्वजनिक र पर्यटनजन्य होटेल व्यवसाय एवं अन्य सम्बद्ध क्षेत्रमा लगानी बढाउनका समेत व्यवसायीलाई आग्रह ग¥यो। पोखरामा व्यवसायीले ठूलै लगानी गरे तर भ्रमण वर्ष शुरु हुँदा नहुँदै फैलिएको कोरोना भाइरसका कारण पर्यटनसहितका क्षेत्र ठप्प बनेपछि यहाँका व्यवसायी यतिखेर चिन्तामा छन् ।
भ्रमण वर्ष शुरु हुनुअगावै होटेल तथा रेष्टुराँमा पूर्वाधार थप गरिनुका साथै नयाँ होटल बन्ने क्रमले गति लिएको थियो । त्यहीअनुरूप पर्यटकलाई आवतजावत गराउने सुविधासम्पन्न पर्यटक बस थप्ने क्रम पनि बढेको थियो ।
पोखराबाट हरियो नम्बर प्लेटमा चल्ने पर्यटक यातायातका सवारीसाधन रु. ३५ लाखका कारदेखि सुविधासम्पन्न रु डेढ दुई करोडसम्मका ल्यान्डक्रुजर, कोस्टर आदि छन् । भ्रमण वर्षलाई लक्षित गरी पछिल्लो समयमा मात्रै यहाँ झण्डै रु. ५० करोड बराबरका पर्यटक सवारीसाधन व्यवसायीले खरिद गरेको नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले बताएका छन् ।
‘नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गर्दै पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह गरेसँगै व्यवसायीले पछिल्लो समयमा मात्रै पनि धेरै लगानी गरिसकेका छन् ।’ लगानी गरेसँगै एकाएक भित्रिएको कोरोना महामारीले पर्यटन यातायात क्षेत्रको अबौँको लगानी यतिखेर घाटामा रहेको छ । बन्दाबन्दी खुल्ला गरी सार्वजनिक सवारीसाधन सञ्चालनका लागि अनुमति दिइसकेका अवस्थामा अन्य पर्यटक सवारी साधन भदौ १ गतेदेखि सञ्चालनमा ल्याउने तयारीमा छ ।
व्यवसायीले पर्यटकलाई सुरक्षित महसुस गराउने गरी यातायात सञ्चालनको तयारी गरिरहेको पोखराबाट पर्यटक यातायात सेवा सञ्चालन गर्दै आएको यात्री बस प्रालिका अध्यक्ष सोमबहादुर थापाले जनकारी दिएका छन् ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशले नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा पर्यटक बसमा खटिने कर्मचारीका लागि तालिम दिन शुरु गरिसकेको संघका अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।
सामाजिक दूरी कायम गर्दै संघले प्रत्येक समूहमा २५÷२५ जनाको दरले सवारी साधनको स्यानेटाइज एवं यातायात कर्मचारीले पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड लगायतका विषयमा जानकारी दिन तालिम थालेको छ।
उनकाअनुसार पहिलो चरणमा तीन समूहका ७५ जनालाई तालिम दिइसकेको छ। अगामी भदौ १ गतेदेखि सवारी साधन सञ्चालनमा ल्याउने गरी सबै किसिमका तयारी अघि बढाइएको उनले बताएका छन्।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३