Logo

बुधवार, भाद्र १० गते २०८३

लमजुङमा पहिरो, १८ घर पुरिए, कैयौँ विस्तापित

लमजुङमा पहिरो, १८ घर पुरिए, कैयौँ विस्तापित


लमजुङमा पहिरो, १८ घर पुरिए, कैयौँ विस्तापित

काठमाडाैँ । लमजुङमा पहिरो जाँदा १८ घर पुरिएका छन् । जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. ३ खुदीमा पहिरो गएको हो ।

पहिरोमा परी १८ घर पूर्ण रूपमा क्षति भएका छन् । त्यस्तै पहिरोमा परि ८० घरपरिवार विस्तापित भएका छन् ।

पहिरोमा परी हालसम्म ४ जना घाइते भएको विवरण प्राप्त भएपनि पुरा विवरण आइसकेको छैन ।


गाउँपालिका उपाध्यक्ष होमबहादुर विश्वकर्माले दिएको जानकारी अनुसार आज विहान ९ः ३० बजे पहिरो गएको हो ।

हालसम्म पहिरोबाट भएको क्षतिको पूर्ण विवरण भने आइसकेको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण