काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारसँग विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेको छ ।
आइतबार (आज) बिहान प्रर्दशनीमार्ग स्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)बाट निकालिएको विरोध प्रदर्शन कार्यक्रम करिब आधा घण्टाजति चलेकाे थियाे ।
विरोध प्रदर्शनका क्रममा नेविसंघले तत्काल स्ववियु निर्वाचन तालिका सार्वजनिक गर्न माग गरेको छ ।
त्यस्तै सरकारले इन्धनमा लगाएको अतिरिक्त कर फिर्ता गर्नुपर्ने, ललिता निवास प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्ने मागसमेत अघि सारेको छ ।
पछिल्लो समय पुस्तक आयातमा लागाइएको कर खारेजी तथा सुरक्षण प्रिन्टिङ प्रेस कमिसनमा मुछिएका निवर्तमान सञ्चार मन्त्री एवं सरकारका प्रवक्तालाई तत्काल छानबिन गरी कानुनी कठघरामा उभ्याउनुपर्ने माग नेविसंघले गरेको छ ।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३