देख्ने, हेर्नेहरूका लागि दुईपटक ‘नेपाल आइडल’मा सामेल भइन्– अस्मिता अधिकारी । तर, दुवैपटक उनले प्रतियोगितामा सोचेजस्तो सफलताको स्वाद चाख्न पाइनन् ।
अब, कहाँ जाने ? के गर्ने ? भन्ने कुनै सोचसमेत मन र मस्तिष्कमा आउन सकेनन् । तर, आइपरेको नियतीसँग जुधिन्– उनी । यी असफलता नै सफलताको एक सिँडी बुझिन् र लागिन आफ्नै बाल्यकालको सपनातिर अर्थात् ‘नर्सिङ’ पेसामा ।
नेपाल आइडलको दोस्रो संस्करणमा समेत प्रतिस्पर्धी बनेकी अस्मिता प्रतियोगितामा फाइनलसम्म पुगिन् । प्रतियोगितामा फाइनलसम्म पुगेर पनि चौथो बनेकी उनी भौतिक रूपमा मात्र नभई मानसिक रूपमा समेत विक्षिप्त बनिन् । उनको मन कुँडियो । भाँचियो । तर, उनले हरेस खाइनन् ।
दोस्रो पटक पनि सामान्य हेराइले हेर्दा त आइडलमा हारेकै हुन् । तर दोस्रो पटक भने हारेर पनि जित्ने बाजिगर नै कहलिइन् ।
ती दुई आइडल कार्यक्रमको प्रसंग कोट्याउनुको पनि कारण छ । अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको फ्रेन्चाइज प्रतिस्पर्धा ‘नेपाल आइडल’ हुनु अगावै उही ‘नेपाल आइडल’ नामक कार्यक्रम भइसकेको थियो । जसका विजेता थिए– विक्रम राई । यसमा पनि अस्मिता तेस्रो भएकी थिइन् । तर, वाहवाही भने अस्मिताकै भएको थियो ।
आमाको साथ विश्वास मायाले गर्दा आफूले सधैँ सकारात्मक सोचेर मेहेनत र प्रयास गरिरहेको बताउने उनी आमाको भरोसामा नै छोरी सफल बनेको सपना रहेको महसुस गर्छिन् ।
नर्सिङ पढिरहेकी अस्मिताले परिवारमा खबर नगरी नौलो बाटो रोजिन् । गीत संगीतको माहोलमा सहभागी भइन् । यसैको पहिलो खुड्किलो हो– नेपाल आइडलमा सहभागिता ।
यसभन्दा पहिले पनि उनी सांगीतिक कार्यक्रममा सहभागी हुन्थिन् । कोरसका लागि स्टुडियो पुग्थिन् । जब, उनी नेपाल आइडलमा असिडनका लागि पुगिन् । त्यसपछि मात्रै उनी सार्वजनिक रूपमा गीत संगीतको क्षेत्रमा देखा परिन् ।
परिवारले नर्सिङ पढाएकी छोरी फरक बाटोमा लागे पनि कुनै गुनासो आएन उनलाई । आमाले हौसला दिएको उनी सम्झिन्छिन् । उनी सांगीतिक रूपमा भोको छिन् । भन्छिन्, ‘म खाना खानुभन्दा गाउन अघि सर्छु ।’
‘सानो हुँदा स्कुलका कार्यक्रममा साथीहरूको उत्साह दिन्थ्ये, गाउन प्रेरित गर्थे,’ उनी थप्छिन्, ‘अहिले पनि ती दिन प्यारो लाग्छ ।’
बेलाबखत सानो हुँदाको क्षण सम्झिछन्– अस्मिता । भन्छिन्, ‘म अठोट गर्छु मेरो धरातल बिर्सिने छैन ।’
आमाको भरोसा र बुवाको त्यागले ‘आजको अस्मिता’ बनेको बताउँछिन् । बुवाले विदेशी भूमिमा बसेर गर्नुभएका हरेक दुःखले आफ्नो जीवनमा नौलो बिहानी पाएको उनी सुनाउँछिन् । उनै अस्मिता अधिकारीसँग कामना न्यूजका ‘शान्तिम्’ले गरेको कुराकानीः
तपाईं पछिल्लो समय के काममा व्यस्त हुनुहुन्छ ?
अहिले गीत रेकर्डिङको कामहरूमा व्यस्त भइरहेको छु । कार्यक्रमहरूमा पनि जानै पर्यो । योबाहेक केही महिनाभित्र आफ्नै युट्युब च्यानलबाट गीत निकाल्ने तयारीमा छु ।
तपाईंलाई मन पर्ने पाँच गीत सम्झिनु पर्दा ?
मलाई मेरो पहिलो चर्चित गीत ‘तिम्रो मायाले बाँधेर राख’ बढी मन पर्छ । किनकि मलाई यसै गीतले अस्मिता अधिकारी भनेर चिनाएको हो । त्यसपछि ‘मेरो माया के हो’ अनि मलाई सर्वाधिक चर्चा दिलाउने गीत ‘साली मन पर्यो’ हो । त्यसै गरी ‘तिम्रो घरको वरिपरि’ लगायतका गीत म आफैँलाई मन पर्छन् ।
चर्चामा हुँदा र नहुँदा के फरक पाउनुभयो ? आफूमा के फरक पाउनुभयो ?
मलाई केही गरौँ, केही बनौँ भन्ने लाग्थ्यो । तर, चर्चामा आउन नराम्रो काम गरौँ जस्तो चाहिँ लाग्दैन थियो । त्यसैमध्ये गीत गाएर फरक काम गर्ने चाहना पलायो । तर, पहिले समय र साथ एक साथ हुन सकेन । अहिले मसँग दुवै छ । सबै पाएँ ।
पहिला ‘म को हुँ’ भन्ने प्रश्न आउँदैन थियो । पहिले मलाई देख्नेहरूले वास्ता गर्दैन थिए । मन सांगीतिक रूपले आनन्दित हुन्छ । पहिला मिडियासँग नजिक हुन पाए हुन्थ्यो जस्तो लाग्थ्यो । अहिले समय मिलाउन गाह्रो हुन्छ । कतिपय रिसाउनुहुन्छ । कतिपय समय मिलेन भनेर बुझ्नुहुन्छ । अलि विशेष लाग्छ आजभोलि ।
परिवार, आफन्त र साथीभाइले पहिला के भन्थे ? अहिले के भन्छन् ?
पहिला सबैले हौसला दिनुहुन्थ्यो । अहिले हौसला र स्याबासी दिनुहुन्छ ।
जीवनमा अझै के गरौँ जस्तो लाग्छ ?
मलाई गीत संगीतबाट औधी आनन्द मिल्छ । त्यसैले जीवनलाई संगीत र संगीतलाई जीवन बनाउन चाहन्छु । सधैँभरि संगीतमा रहन चाहन्छु ।
अन्तमा के भन्न चाहनु हुन्छ ?
दर्शक/स्रोता मेरा भगवान् हुनुहुन्छ । म जे छु त्यसमा तपाईंहरूले साथ दिनु भएको छ । यो साथ सधैँ चाहन्छु । अग्रजहरूसँग सधैँ यस्तै सहयोगको अपेक्षा मनभरि राखेको छु ।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३