Logo

बिहिवार, आश्विन १ गते २०८३

‘नेपाल आइडलबाट माया, सम्मान र उचाइ पाएँ’

‘नेपाल आइडलबाट माया, सम्मान र उचाइ पाएँ’

  • 2.6K
    SHARES

  • लजालु स्वभावकी सन्ध्या जाेशीको बचपन होमवर्क र क्लास वर्कमै रमाएर बितिरहेको थियो । ‘सुदो बालक’को अन्त मन जाने केही कुरै थिएन । कसैसँग नबोल्ने उनलाई कक्षा ७ मा पढ्दा पहिलोपटक गीत गाएको याद छ । त्यसपछि पनि उस्तै बानी अग्रसर हुन मन लाग्दैनथ्यो । स्कुले जीवन लजालु र ‘रिजर्भ’ भएरै बित्यो । ११ पढ्दा ताका धनगढीकै दिनेश एफएममा चल्ने अन्ताक्षरी कार्यक्रममा ‘लौ है माया सुटुक्कै आउनु है’ गाएर अन्ताक्षरी जितेपछि स्थानीय संगीत स्कुलमा म्युजिक क्लास लिन पाउने प्याकेज पुरस्कार जितिन् । अनि सुरु भयो संगीतसँगको संगत । दिपक आरजे र संगीतकर्मी राजेश घिमिरे लगायतका व्यक्तित्वले खोलेको ब्यान्डमा सामेल भइन् । सुरु भयो सांगीतिक अभ्यास । आत्मविश्वासले लाज र असहजतालाई जित्दै गयो । बाजा आफूमा रमाउँदै गएको महसुस भयो । आवाजको उडान आफ्नै स्वरमा सुरबाट भर्न चाहन्थिन् । तर तत्कालीन समाज र समाजका मान्छेको छोरीप्रतिको अविश्वास र परम्परागत सोचले गर्दा बाहिर प्रस्तुति दिने कुरा असाध्यै गाह्रो थियो । अहिले त छैन । तर त्यो बेला धेरै सोच्नुपर्थ्याे । जित्नुपर्थ्याे । तर, आफ्नो परिवारबाट कुनै रोकतोक थिएन । विश्वास र साथ थियो । तर अरूले के भन्लान् भन्ने सबैको मनस्थितिलाई जित्न गाह्राे हुने रहेछ । काठमाडौँ आइन् । यहाँ आएर पढाइमै दिन बितिरह्यो । मनमा बसेको संगीतलाई कुनै विशेष समय किन पो चाहिन्थ्यो र ? मन लाग्यो गिटार समायो । यसरी सुरु भयो संगीतप्रतिको लगाव । समय यसरी नै बित्दै थियो । नेपाल आइडल जब सुरु भयो, हातमा गिटार लिएर गरेको पहिलो प्रस्तुतिले नै सबै निर्णायकलाई तान्यो । हरेक नयाँ प्रस्तुतिले उनलाई सन्ध्या बनायो । उनी टाइटल जितेर आइडल त बनिनन् तर आफूलाई यात्रामा होम्ने र गीत संगीतमै केही गर्न प्रेरित गर्ने आफ्नै आइडल एक योद्धा बनायो । अहिले पनि संघर्ष गरिरहेकी छिन् । उनै सन्ध्या जोशीसँग कामना न्यूनका शान्तिमले गरेको कुराकानीः हामीले थाहा पाएको त भैहाल्यो हामीले थाहा नपाएको आजभोलि के के गरिरहनुभएको छ ? आजभोलि नयाँ म्युजिक भिडियोको कामहरू भैरहेको छ । चाँडै नै निस्किने छ आफ्नै युट्युबबाट । अनि आफ्नै युट्युब च्यानल म्यानेजमेन्ट र प्लानिङ पनि गरिरहेकी छु । आफ्ना पुराना नया कम्पोजिसनहरूलाई पुनःप्रसोधन जस्तै भनौँ न । गरिरहेकी छु । अनि अहिले प्रोडक्सन हाउस पनि खोलेको छु । स्क्रिप्ट स्टोरीहरूमा पनि व्यस्त छु । आफ्ना ५ सबैभन्दा मन पर्ने गीत सम्झनुपर्दा ? यसरी केही गीत मात्र सम्झेर भनेर अरू गीत बिर्सन त मन लाग्दैन । तर सोधिहाल्नुभयो म ट्राइ गर्छु है । आफ्नो शब्द संगीत रहेको अट्याचमेन्टले होला या मेरो पहिलो भएकोले पनि विशेष गीत ‘समय’ आफूलाई एकदम मन पर्छ । त्यसपछि ’मिर्मिरे’, शंकर दाइको कम्पोज रहेको ‘शुभकामना’ । अनि मैले गाइरहेको भन्दा अलि फरक स्वादको गीत लाग्छ ‘तरकारी’ त्यसैले मन पर्छ । अनि अंकित बाबुसँग गाएको ‘शान्ति तिम्रो । यी गीतहरूलाई म आफ्नो हिटलिस्टको टप छ बनाउन चाहन्छु । चर्चामा नरँहदा र रहँदाको जीवनशैली र आकर्षण अनि आफ्नो मनोभावमा कस्तो फरक लाग्यो ? मेरो परिधि फरक भएको छ मात्रै हो, पाइला र मनस्थिति त उही छ । ‘नेपाल आइडल मार्फत सबै नेपालीहरूबाट माया सद्भाव सम्मान र उचाइ पाएँ’ । त्यसले मलाई म मेरो मात्र हैन रहेँछु र अब हुनुहुन्न पनि भन्ने महसुस गरायो । मैले गाएर खुसी हुने, मलाई चिन्ने र मलाई हेर्ने जमात बढ्यो थियो । मैले आफूलाई आफ्नो लागि मात्र हैन अरूले देख्दा पनि सहज बनाउनुपर्छ भन्ने लाग्यो । र आइडल अगाडिसम्मको अलि ‘टमब्वाइ’ टाइपको लुक्स चाहिँ चेन्ज गरेँ । हुन त बचपनमा प्राय ‘टमब्वाइ’ टाइप हुने धेरै सेलेब्स सुनेको छु । म पनि थिएँ । अब चाहिँ बचपनबाट निस्केर पनि हुन सक्छ मेरो यो सहज परिवर्तन सायद (हाहा) । घरपरिवार आफन्त र साथीसंगीहरूले तपाईंलाई पहिला के भन्थे र आजभोलि के भन्छन् ? म भाग्यमानी मान्छे हुँ भन्ने लाग्छ । मैले सधैँ सवैको साथ र सपोर्ट पाइरहेकी छु । वहाँहरू गौरव गर्नुहुन्छ मप्रति । वहाँहरूले मप्रति गरेको गौरवले अझ हौसला मिल्छ । साथीहरू सबैको साथ छ । हुन त साथी सर्कल हरेक दिन पातलिँदै छ तर साथी सर्कल जति पातलियो उति ‘प्योर’ लाग्दो रहेछ । मेरो सम्झना सम्मान मेरा सबै साथीहरूका लागि उस्तै छ । सबैले भन्ने त एउटै छ– नयाँ गीत कहिले आउँछ ? जीवनमा सबैभन्दा विशेष कुरा के गर्न मन छ ? महाकविको यात्री कवितामा भनेको ‘मलम लगाऊ आर्तहरूको चहराइरहेको घाउ’ भन्ने लाइनले मलाई सधैँँ सकारात्मक रूपले झस्काइरहन्छ । वास्तवमै मलाई मलम बन्न मन छ मलाई समाधान बन्न मन छ । भौतिक, भावनात्मक, आर्थिक र आध्यात्मिक सबै पक्षबाट असहाय प्राणीहरूलाई सहयोग गर्न मन छ । म यो बाटोमा हिँडिरहेकी पनि छु । एक दिन गर्छु भन्ने छ । तपाईंका सपोर्टर र अग्रज कलाकारलाई केही भन्नुपर्दा के भन्न चाहनुहुन्छ ? मसँगै मेरो यात्राको कारण र उद्देश्य दर्शक र श्रोताको माया हो । वहाँहरूको साथ र सपोर्टले म जे छु, छु । अग्रजहरूले खनेको बाटोमा हामी मस्तीले हिँड्न पाएका छौँ । म मेरो स्थानबाट अथाह सम्मान व्यक्त गर्न चाहन्छु अग्रजलाई । मिडियालाई के भन्न चाहनुहुन्छ ? मिडिया कलाकारलाई जनतासमक्ष पुर्याउने माध्यम हो । कलाकारको कलाको भर्याङलाई पक्कै पनि केही भन्छु । (’थ्यांक् यु अल मिडिया फर सपोर्ट, बि अल्वेज देअर फर आर्टिस्ट) सबै समाचार सुनाउनुस् । राम्रो समाचार चाहिँ फैलाउनुस् भन्न चाहन्छु ।

    • बुधवार, फाल्गुन १४ २०७६०६:२२:२४
    सम्बन्धित समाचार
    विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३