Logo

बिहिवार, आश्विन १ गते २०८३

‘हरेक मन–मस्तिष्कलाई मनोरञ्जन दिइरहन सकूँ’

‘हरेक मन–मस्तिष्कलाई मनोरञ्जन दिइरहन सकूँ’

  • 2.3K
    SHARES

  •   पाँचथरको फिदिममा जन्मे । गायक बन्ने सपना पालेर काठमाडौँ हान्निए । किशोरवयमै । ६० सालमा सालमा काठमाडौँ प्रवेश गरेलगत्तै गायक बन्न लागेको काउकुतीले अनुराग संगीत पाठशाला पुर्यायो । हार्मोनियमको पर्दाको झंकारसँग सुर मिलाउने प्रयास सुरु भयो गुरु श्यामसुन्दर आचार्य, राम सिटौला र अर्जुन पोखरेलसँग । सांगीतिक सिकाइ र संगतसँगै त्रिचन्द्र पढ्न थाले । विषय थियो अंग्रेजी । तर, उनी भुइँफुट्टा तगडा थिए नेपालीमा । कहिलेकाहीँ ताल पर्दा सुनाउँथे साथीभाइलाई मात्र । साथीभाइले सरहरूका अगाडि घान हालिदिन्थे राम्रो लेख्छ भनेर । लजाई लजाई सुनाउँथे गुरुहरूलाई– कथा कविता गीतहरू । सबैको तारिफ पाउँथे लाज असहजतासँगै गम्किन्थ्यो मन । अहिले सम्झँदा के लेखेको रहेछु भनेर हाँस उठ्छ । तर, आफ्नो धरातल त्यही हो भन्ने महसुस सधैँ हुन्छ र गर्व गर्छन् ती दिन र ती पाइलाहरूलाई । गुरुहरूको तारिफ र साथीहरूको हौसलाले लेख्छु कि क्या हो भन्ने आफ्नै मनमा सम्भावना महसुस हुन थाल्यो । पहिलो लेखन बालगीतबाट सुरु भएको उनको यात्रामा दर्जनौँ गीत रेकर्ड भए । तर, ‘ब्लक बस्टर’ भयो सेल्फी हानौँला । त्यसपछि नेपाली गीत संगीतमा ‘हिट मसिन’ गीतकार नै कहलिएका गीतकार डिपीका गीत ‘यो यो’ भनेर साद्दे हुन छोडिसके । लेटेस्ट हिट भन्दा ‘फनफनी’ रहेको छ । उनै गीतकार कामना न्यूजका लागि शान्तिमले गरेको कुराकानीः आजभोलि के काम गरिरहनु भएको छ ? अबको ६ महिनाभित्रको योजना पनि बताइदिनुस् न । विशेष गरी गीति लेखनमै अधिकांश समय व्यतित गरिरहेको हुन्छु । यसका अलवा विविध गीत रेकर्डिङको क्रममा स्टुडियो । बाँकी समय आफ्नै म्युजिक कम्पनी ‘डस म्युजिक’सँग आबद्ध रहेर दैनिक सांगीतिक गतिविधिहरूमा अपडेट छु । र आगामी ६ महिनाहरूमा पनि विभिन्न एकल र फुटकर गीत, एल्बम र केही नेपाली चलचित्रका गीति प्रोजेक्टमा गीतकारको रुपमा सहकार्य अघि बढाउने छु । साथै केही महिनाभित्रै आफ्नै रचना र आवाजलाई पनि म्युजिक भिडियो सहित दर्शक÷स्रोतामाझ पस्किने जमर्कोमा छु । आफ्ना ५सबैभन्दा मन पर्ने गीत सम्झनुपर्दा ? (अरुका पनि भन्न पाई) हुन त आफ्ना हरेक सृजना उतिकै महत्वपूर्ण हुन्छन् । तर पनि आफूलाई नेपाली संगीत बजारमा आफूलाई चिनाउने केही गीतको नामै लिनुपर्दा चाहिँ– ओइलिएर झर्न दिन्नँ (आर्जन पाण्डे) मन पंक्षी (निलिमा थापा मगर, नेपाल आइडल २) सेल्फी हानौँला, लाइदेऊ न मायाले (प्रमोद खरेल), फनफनी (सेन्टी भाइरस), चोली (फाटेको जुत्ता), बिस्तारै बिस्तारै (राजु लामा), साइँली रिमै (तेजेन्द्र गन्धर्व, भ्वाइस अफ नेपाल १) । चर्चामा नरहँदा र रहँदाको जीवनशैली र मान्छेहरूको मिडियाको आकर्षण अनि आफ्नो मनोभावमा कस्तो फरक लाग्यो ? पहिले पहिले संघर्षका दिनमा बोकेका ती लक्ष र अभिलाषा बरु सम्झिँदै गर्दा र अहिले आफू थोरै भए पनि अघि बढिरहेको हो कि भन्ने महसुस त पक्कै पनि मनमा छ नै । जुन जीवनशैली हिजो चर्चा नहुँदा थियो त्यो अनुपातमा चाहिँ परिवर्तन थोरै भएकै मान्नुपर्छ । तर, आज यतिसम्म चर्चा रहँदा आफुले कतिसम्मको र कस्तो जीवनशैली जिउने हो भन्ने कुरा चाहिँ मिलाएरै बुझ्नुपर्ने अवस्था छ । तर पनि म आफ्नो हालको जीवनशैलीसँग सन्तुष्ट नै छु । यो समयमा मिडियाको ठूलो भूमिका छ भन्ने कुरामा दुई मतै छैन । तर व्यक्ति विशेषले मिडियालाई कुन रूपमा प्रयोग गरिरहेको छ । अनि मिडियाले कुन व्यक्ति र विषयलाई कति महत्व दिएर जनसमक्ष प्रस्तुत भैरहेको छ भन्ने कुरामा भर पर्छ । र मेरो व्यक्तिगत सन्दर्भमा हेर्ने हो भने म मिडियासँग जोडिएर अघि बढिरहँदा पेसागत रूपमा चाहिँ पक्कै पनि लाभान्वित नै छु । घरपरिवार आफन्त र साथीसंगीहरू तपाईंलाई पहिला के भन्थे र आजभोलि के भन्छन् ? सानो छँदा गाउँघर र छिमेकमा म ‘सानो माइलो’ भनेर चिनिन्थेँ । स्कुल पढ्दा सधैँ सबै कक्षामा प्रथम मात्रै हुने फस्र्ट ब्वाई ‘दुर्गाप्रसाद खनाल’ । क्याम्पस पढ्दा राम्रो गीत गाउने ‘दुर्गा खनाल’ बनेर चिनिन्थेँ । हाल नेपालको युवा पुस्ताको एउटा गीतकार ‘डिपी खनाल’ भएर चिनिने मौका पाएको छु । जीवनमा सबैभन्दा विशेष कुरा के गर्न मन छ ? देश र समाजका लागि गर्नुपर्ने कुरा त धेरै नै छन् । तर, आफ्नो पेसाले गर्न सक्ने भनेको यही लेखन अनि गीत संगीत मार्फत ‘हरेक मन–मस्तिष्कलाई मनोरञ्जन दिइरहन सकूँ’ । तपाईंका सपोर्टरहरूलाई र अग्रज कलाकारहरूलाई केही भन्नु पर्दा के भन्न चाहनुहुन्छ ? हाम्रा अग्रज कलाकारहरूकै सिको गर्दै, शुभचिन्तकको साथ, हौसला र मायाले डिपी खनाल बनेर नेपाली गीत संगीतमा लागिरहन सकेको छु । यो सिलसिला अविच्छिन्न रहिरहोस् । मिडियालाई के भन्न चाहनुहुन्छ ? हाम्रो समाजलाई डोर्याएर कहाँ र कतातिर लाने भन्ने कुरा मिडियाकै हातमा छ । यो युगमा मिडिया यति शक्तिशाली साधन बनेको छ । यसले हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ । तसर्थ आफ्नो देश, समाज र जनताहरूमा सही ढंगले सूचना प्रवाह गरेर सुसूचित गराउन सके मिडियाको गरिमा अझ उँचो हुन्छ ।

    • मंगलवार, फाल्गुन १३ २०७६०७:३७:०९
    सम्बन्धित समाचार
    विशेष सबै
  • भोटेकोसी बाढी : अठार विद्यालयमा क्षति

    काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३