पछिल्लो समय प्रधानमन्त्रीका विश्वासपात्र तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटा र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाको कडा आलोचना गर्दै राजीनामा माग गरेका सुदन किराँती जनतामा चर्चित बनेका छन् । तत्कालीन माओवादी केन्द्रका प्रभावशाली युवा नेता किराँती भोजपुर जिल्लाबाट निर्वाचित प्रतिनिधि सभाका सदस्यसमेत हुन् ।
किराँती निडर, देशभक्त र कुशल नेता भएको बताइन्छ । भ्रष्टाचारको अत्यका लागि बारम्बार आवाज बुलन्द गर्दै आएका किराँतीसँग सरकारको कामकारबाही तथा पछिल्लो राजनीतिक परिदृश्यसँग सम्बन्धित रहेर कामना न्यूजका उज्ज्वल कडरियाले गरेको कुराकानीको सम्पादित अंशः
तपाईंले गोकुल बाँस्कोटाको राजीनामा पहिल्यै माग्नुभएको थियो ? सञ्चारमन्त्रीको यो कुकृत्यबारे पूर्व जानकारी थियो र ?
सञ्चारमन्त्री जस्तो गरिमामय पदमा बस्नुभएको गोकुल बाँस्कोटाको अभिव्यक्ति र कार्यशैली आम जनताले मन नपराइरहेका बेला एमसीसीका सम्बन्धमा बोल्ने सिलसिलामा नेपाललाई स्वाधीन राष्ट्रको रूपमा नभई आत्मसर्मपण गराउने कोणबाट अभिव्यक्ति दिनुभएको थियो । यसै सिलसिलामा मैले उहाँको राजीनामा मागेको थिएँ । अन्तर्देशीय क्षेप्यास्त्र भएको देशसँग जोरी खेल्न हुँदैन; ऐय्या भन्न पाइँदैन । एमसीसी लागु भइसक्यो जस्ता राष्ट्रघाती अभिव्यक्ति दिनुभएको थियो ।
आत्मसर्मपणवादी प्रवृत्ति देखा पर्दैछ भनेर मैले राजीनामा मागेको थिएँ । अहिले उहाँले राजीनामा गर्नुको कारण चाहिँ अडियो टेप प्रकरण हो ।
सञ्चारमन्त्रीको अडियो प्रकरणले देश, जनता र पार्टी पंक्तिमा के–कस्तो प्रभाव पार्छ ?
यसको प्रभाव नकरात्मक नै परेको छ । यो प्रकरणले स्वाभिमानी जनता र देशको शिर झुकाउने काम गरेको छ । इतिहासमा गम्भीर गल्ती गर्नुभएको छ बाँस्कोटा जीले । त्यसकारण त्यसको तजविजमा उहाँले तत्काल सञ्चारमन्त्रीबाट राजीनामा दिनुभएको भए पनि राष्ट्र र जनतासँग माफी समेत माग्नुपर्दछ । र स्वतन्त्र छानबिन गर्न दिनुपर्दछ । तथा कानुनको दायरामा उभिने प्रतिबद्धता जाहेर गर्नुपर्दछ । र उहाँलाई पार्टीले केन्द्रीय सदस्य समेत नरहने गरी कारबाही गर्नुपर्छ ।
गोकुल बाँस्कोटा बारेमा कुनै छलफल भएको थिएन ?
पूर्व मेचीदेखि महाकालीसम्म जनस्तरमा छलफल भइरहेको छ । पार्टीका दुवै अध्यक्षले यस सम्बन्धमा छलपल गरी निर्णयसमेत गरिसक्नु भएको छ । नैतिकताको आधारमा उहाँले राजीनामा दिनुपर्थ्याे र दिनुभयो ।
जनयुद्ध दिवसमा पूर्व एमाले खेमाले बहिष्कार गरेको देखियो नि ?
बहिष्कार गरेको हैन । पूर्व एमाले, पश्चिम माओवादी नभनु होला । केही पार्टीका मानिस जसले आफ्नो मनभित्र पालेको पूर्वाग्रह एउटा सन्दर्भ बनाएर व्यक्त गर्नु भएको छ यो अत्यन्त खेदजनक, आपत्तिजनक र भर्त्सनायोग्य कार्य गर्नुभएको छ । हामीले त्यही बेला त्यसको प्रतिवाद गरिसकेका छाैँ । सुखी नेपाली, समृद्ध नेपालको आकांक्षालाई अगाडि बढाइरहेको बेला अनावश्यक विषय निकालेर टिकाटिप्पणी गर्नु भनेको शक्ति, ऊर्जा र समय नष्ट गर्नु मात्र हो । ती विषय त्यतिखेरै सकिएका थिए ।
सरकारसँग जनता रुष्ट बन्नुको चुरो कारण के हो ?
सुखी नेपाली, समृद्ध नेपालमा भ्रष्टचारीको अनुहार हेर्दिनँ र गर्दिनँ भनेर सरकारले अठोट गर्यो । तर आफ्नै चुलाचौका भित्रको मान्छेले यस्ता घटिया प्रवृत्ति देखाउँदा जनताको मनोस्थिति गिर्न सुरु गर्यो । सरकारले काखापाखा नगरी निष्पक्ष ढंगले राष्ट्र सञ्चालन गर्नुपर्छ । त्यसमा तलमाथि भएपछि जनताले पत्याउँदैनन् । विगतका सरकारले भन्दा यो सरकारले काम त ठूलाठूला थालेको छ । तर, समाजवादमा हामी पुग्ने हो भने कुन बाटो भएर जाने भन्ने प्राथमिकताहरूको सूची बनाउनुपर्छ । त्यसरी योजनाबद्ध सूची बनाउने काम गरिएन । खासगरि जनजिविकाको सम्बन्धमा काम गर्न नसकेकाले जनता असन्तुष्ट छन् ।
जनतालाई सरकारप्रति सकारात्मक बनाउन सरकारलाई के सुझाव दिनुहुन्छ ?
तेरो र मेरो नभनी सबै भ्रष्टचारीलाई जेल हाल्नुपर्याे । विकासको कार्यमा ढिलाई गर्ने ठेकदार लगायत सबैलाई नातागोता र आफ्नो गुटको नभनी जेल हाल्नुपर्छ । कानूनी जटिलतालाई एउटै खेलबाट हल गर्ने व्यवस्था गर्नुपर्छ । केही राष्ट्रिय गौरवका आयोजनाहरू केही अन्तर्राष्ट्रिय सम्बन्धहरू र जनता दैनिक जीवन सहज बनाउन सरकारले काम गर्नुपर्याे । यी कार्य गर्याे भने जनताले आफ्नो सरकारको अपनत्व महसुस गर्छ ।
सरकारले भन्ने गरेको सुखी नेपाली, समृद्ध नेपालको निम्ति पाँचवटा कार्यभार रहेका छन् । न्याय हुनुपर्दछ; न्याय भएपछि शान्ति हुन्छ । शान्ति भएपछि स्थायित्व हुन्छ, स्थायित्वले विकासको नेतृत्व गर्छ । विकास भएपछि समृद्धि हुन्छ । समृद्धि भएपछि मात्रै हरेक नागरिक सुखी हुन्छन् । सुखी भएपछि खुसी हुन्छन् । जनता खुसी भएपछि मात्र सुखी हुन्छन् । सुखी नेपाली र समृद्ध नेपालको गन्तव्यमा पुग्न यी पाँच कार्य गर्नुपर्छ । कसैलाई काखा र पाखा गरियो भने हामी गन्तव्यमा पुग्न सक्दैनौँ ।
पछिल्लो समय नेकपामा नैतिक पतन र भ्रष्टाचारका ‘केस’ बढेका हुन् ?
नेता कार्यकर्ता यही समाजबाट उत्पादित मान्छे हो । यो समाजको फोहोरमैला हाम्रो पार्टीभित्र पनि डंगुर भएर बसेको छ । कम्तीमा ३३ प्रतिशत नेता कार्यकर्ता भ्रष्टचार नैतिक पतन साँस्कृतिक विचलनको केसमा सिद्धिन्छन् । पार्टीका ३३ प्रतिशत मान्छेलाई जेल हाल्नुपर्छ । अनि मात्र यो देश सुध्रिन्छ । दया, माया, करुणा देखाइयो भने मुुलुक सुध्रिँदैन । एक्सन सुरु गर्नुपर्छ । एक्सन सुरु भएपछि नेता तथा कार्यकर्ता सुध्रिन्छन् । यति हुँदा पनि सुध्रिएनन् भने जेलमा हाल्नुपर्छ ।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३