तपाईंको विचारमा प्रेम के हो ?
-प्रेमको परिभाषा त म ठ्याक्कै दिन सक्दिनँ तर मोटामोटी मेरो बुझाइमा प्रकृतिमा सिर्जित प्राणीमा हुने भावनात्मक संवेदना हो । प्रकृति नै प्रेम हो, प्रेम नै प्रकृति हो ।
आफ्नो पहिलो प्रेमको संस्मरण सुनाउनुस न ।
-यदी तपाईं वैंशमा कुनै स्त्रीसँग हुने आकर्षणलाई इंगित गर्न खोज्नु भएको हो भने धेरै जनासँग नजर हानाहान भएको थियो । सायद त्यो आकर्षणलाई प्रेम भनिँदैन होला । तर कुनै कुनै विपरीत लिंगीलाई देख्दा यो सँग जिन्दगी बिताउन पाए क्या मज्जा आउँछ होला भन्ने खालको भावना चाहिँ नभएको होइन ।
प्रेम दिवसको अवसरमा के–कस्ता चहलपहल देख्नुभएको छ तपाईंलाई कस्तो लाग्छ ?
आज भोलि समयको माग भनम कि के भनम चहल पहल अलि बढी नै देखिन्छ । यस्ता क्षणिक चहलपहलले रमाइलो त होला तर वास्तविक प्रेमको परिभाषालाई कतै कुनामा पन्छाइदिएको हो कि जस्तो पनि लाग्छ ।
प्रेम विशेष गीतहरूमा तपाईंलाई सबैभन्दा गज्जब कुन लाग्छ र किन ?
-धेरै छन् तर मन पर्ने गीत नारायण गोपालको ‘यति चोखो यति मीठो दिउँला तिम्लाई माया ।’
प्रेम जीवनका भावी योजना र प्रेम गीत बारेका योजना सुनाइदिनुस न ।
-अबको प्रेम नितान्त आफ्नो परिवार, आफन्त, समाजप्रति समर्पित छ अर्थात् प्रेम कतै पनि कमी हुन दिने छैन । सकेसम्म सम्बन्धहरू अझै मजबुत बनाउँदै जानेछु ।
भनिन्छ नि– ‘माया प्रेमबिना संसार नै चल्दैन ।’ संसार त्यसैले नै चलेको छ । त्यसकारण गीत संगीत पनि त प्रेममै अल्झिएको छ । मायाप्रेमका गीतहरू आउने क्रम अवश्य पनि जारी नै रहने छ ।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३