तपाईंको विचारमा प्रेम के हो ?
-प्रेमलाई पूर्ण रूपमा परिभाषित गर्न त सकिन्न होला । मलाई चाहिँ प्रेम सबैभन्दा आधारभूत कुरा हो जस्तो लाग्छ । जसमा सारा संसार, सृष्टि नै समाहित छ । प्रेम हुन्थेन भने केही कुराको पनि अस्तित्व रहन्नथ्यो होला सायद ।
पहिलो प्रेमको संस्मरण सुनाउनुस् न ।
-तपार्ईंले सोधेजस्तो पहिलो प्रेमचाहिँ सबैको जस्तै किशोरअवस्थामा नै भयो । एकजनालाई म खुब मन पराउँथेँ, एकदम पछि लाग्थेँ । स्कुल सकिने बित्तिकै घर पुगेर उनी हिँड्ने बाटो छेउतिर ढुकीबस्थेँ । एक झल्को पाउँदा पनि संसार जितेको अनुभव हुन्थ्यो । तर अफसोस अहिले चाहिँ सम्झिदा लाग्छ; त्यो प्रेम थिएन । किशोरवयको लहड र आकर्षण मात्र थियो ।
प्रेम दिवसको अवसरमा के–कस्ता चहलपहल देख्नुभयो ? तपाईंलाई कस्तो लाग्छ ?
-मैले त्यता खासै ध्यान त दिएको छैन । तर पनि देखिरहेको हुन्छु कि प्रेमीप्रेमिकाहरू यस अवसरमा आफ्नो सम्बन्धलाई अझै प्रगाढ बनाउनेतिर लागिरहेका हुन्छन् । आफू संगीतकर्मी भएको नाताले ध्यान अलिक जाने भएकोले होला; यो समयमा धेरै मायाप्रेमका गीतसंगीत सार्वजनिक भइरहेका हुन्छन् । साथसाथै सांगीतिक कार्यक्रमहरू पनि बाक्लै भइरहेका हुन्छन् ।
प्रेम विशेष तपाईंको गीत संगीतमा सबैभन्दा गज्जब कुन लाग्छ ? त्यस बारेमा पनि केही बताइदिनुस् न ।
-म आफू सहभागी बनेका धेरै गीतहरू मायाप्रेमका नै छन् र सबै गीत उत्तिकै प्रिय लाग्छन् । तर एउटा छान्नु पर्दा म ‘तिम्रो मायाले बाँधेर राख’ छान्छु । जुन गीतमा म गीतकारको रूपमा छुँ । यो गीत खास लाग्नुको कारण चाहिँ हामीले यस गीतलाई एकदम साधारण र मन छुने शब्दहरूको प्रयोग गरेका छौँ । संगीत एकदमै उत्कृष्ट छ । यो गीत एकदमै समय लिएर मिहेनत अलि बढी नै गरिएको भएर पनि होला; असाध्यै प्रिय लाग्छ मलाई ।
प्रेम जीवनका भावी योजना र प्रेम गीत बारेका योजना सुनाइदिनुस न ।
-प्रेम जीवनमा त्यस्तो योजना नै त केही छैन । कथाको माग जे हुन्छ त्यही हुन्छ । गीतसंगीतको बारेमा भन्नुपर्दा चाहिँ प्राय गीतहरू मायाप्रेमकै हुने गर्छन । मेरा पनि अधिकांश गीतहरू त्यस्तै नै छन् र अब आउने पनि उस्तै हुन्छन् ।
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ९३