Logo

शनिवार, मंसिर २० गते २०७७

भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण तयारी

भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण तयारी


भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण तयारी

काठमाडौँ। झापाको कनकाई नगरपालिकामा रहेका भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरण गर्ने तयारी भएको छ। प्रदेश नं १ अन्तर्गत झापाको कनकाई नगरपालिका र उदयपुरको बेलका नगरपालिकासँग भूमिसम्बन्धी समस्या समाधान आयोगले गरेको सम्झौतानुसार भूमिहीन र अव्यवस्थित बसोबास गर्नेलाई लालपुर्जा वितरणको तयारी भएको हो।

उम्मेदवारले निर्वाचनका समयमा भूमिहीनलाई लालपुर्जा वितरण गरिने प्रतिबद्धता जनाएका थिए। आयोगले देशभर १४  स्थानीय तहमा लालपुर्जा वितरणका लागि गत कात्तिक १४ गते सम्झौता गरेको थियो । सात प्रदेशका  ती स्थानीय तहमा पहिलो चरणमा लालपुर्जा वितरण गर्ने गरी आयोगले काम थालेको हो । सोहीबमोजिम कनकाई नगरपालिकाले आवश्यक प्रक्रिया अघि बढाएको छ । लालपुर्जा वितरणमा खटिने कर्मचारीलाई तालीमसमेत दिइसकिएको छ ।

भूमिहीनलाई भूमि र आवासविहीनलाई आवास दिने नेकपा सरकारको घोषणानुरुप देशभर पहिलो चरणको काम थालिएको छ । झापा क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बू तथा आयोगका सदस्य गोपाल गुरागाईँ र प्रतिनिधि जगतबहादुर देउजाले नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललाई सक्कल आवेदन फाराम हस्तान्तरण गरेका छन् ।

आयोग गठन र लालपुर्जा वितरणको कामलाई गति दिन केन्द्रीय तहबाट भूमिका निर्वाह गरेका सांसद् लिम्बूले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीका लागि आएको आवेदन फाराम नगरपालिकालाई हस्तान्तरण गरिएको जानकारी दिए । सांसद् लिम्बूका अनुसार नेकपाले निर्वाचनमा गरेको प्रतिबद्धतानुसार लालपुर्जा वितरणको काम अघि बढाइएको हो ।

उनले यही मङ्सिर १४ गते नगरपालिकाले सूचना जारी गर्ने र २०७८ असार मसान्तभित्र भूमिहीनलाई र असोजभित्र अव्यस्थित बसोवास गर्नेलाई लालपुर्जा वितरण गरिने जानकारी दिए । अधिकतम ३० कठ्ठासम्मको लालपुर्जा दिइने सांसद साँवाको भनाइ छ ।

साँवाले पहिलो चरणमा १४ पालिकाको काम सकेर २०७८ मङ्सिरभित्र थप एक सय पालिकामा सोही कामको सम्झौता हुने जानकारी दिए । झापाका शिवसताक्षी र झापा गाउँपालिकासहित आठ पालिकामा लालपुर्जाको काम गरिने बताइएको छ । 

कामना न्यूज

  • शुक्रवार, मंसिर ५ २०७७०१:४३:४०
सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको झगडामा गुरु वशिष्ठ अभाव 

    सञ्जय पन्थी नेकपामा दुई अध्यक्ष बीच वैमनुष्यताको जवाफी युद्ध जारी छ । विहिबार प्रम एवंम पार्टी अध्यक्ष केपी ओलीले कात्तिक २८ मा अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई जवाफ