Logo

शनिवार, मंसिर २० गते २०७७

पूर्वसांसद गौचनको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

पूर्वसांसद गौचनको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त


पूर्वसांसद गौचनको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद ओमकारप्रसाद गौचनको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनले बिहीबार शोक वक्तव्य जारी गर्दै पूर्व राज्यमन्त्रीसमेत रहेका गौचनको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

लुम्बिनी विकास कोषका पूर्वउपाध्यक्ष गौचनको ८५ वर्षको उमेरमा बुधबार बिहान साढे ४ बजे काठमाडौंमा उपचारका क्रममा निधन भएको थियो । उनी २०४८ सालमा बागलुङ निर्वाचन क्षेत्र ३ बाट सांसद पदमा निर्वाचित भएका थिए ।कांग्रेस सभापति देउवाले गौचनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भनेका छन्, “नेपाली कांग्रेसका अग्रज व्यक्तित्व श्री ओमकारप्रसाद गौचनको निधनको खबरले मलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको छ । स्वर्गीय गौचनले राजनीतिका साथै विकास र सामाजिक क्षेत्रमा पुर्‍याउनुभएको सक्रिय योगदान सदा स्मरणीय रहिरहनेछ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।

कामना न्यूज

  • बिहिवार, कार्तिक २७ २०७७०२:५४:५१
सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको झगडामा गुरु वशिष्ठ अभाव 

    सञ्जय पन्थी नेकपामा दुई अध्यक्ष बीच वैमनुष्यताको जवाफी युद्ध जारी छ । विहिबार प्रम एवंम पार्टी अध्यक्ष केपी ओलीले कात्तिक २८ मा अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई जवाफ