Logo

शनिवार, मंसिर २० गते २०७७

नेकपा सचिवालय बैठक सहमतिमै बस्ने

नेकपा सचिवालय बैठक सहमतिमै बस्ने


नेकपा सचिवालय बैठक सहमतिमै बस्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा शुक्रबारलाई बैठक बोलाएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
 महासचिव पौडेलले दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग हिजो बेलुका र आज बिहान परामर्श गर्नुभयो । र, सहमतिमै शुक्रबार बेलुका ४ बजेलाई बैठकको समय तय गरिएको छ,’ केन्द्रीय सदस्य रिजालले  जानकारी दिए । 
यसअघि बहुमत सचिवालय सदस्यले आज बिहीबारका लागि बोलाएको बैठकका थिए ।  मंगलबार अध्यक्ष प्रचण्डसहित ५ जना सचिवालय सदस्यहरुको अनौपचारिक छलफलले बिहीबार बैठक बस्ने निर्णय गरेको थियो ।

कामना न्यूज

  • बिहिवार, कार्तिक २७ २०७७१२:५६:४७
सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको झगडामा गुरु वशिष्ठ अभाव 

    सञ्जय पन्थी नेकपामा दुई अध्यक्ष बीच वैमनुष्यताको जवाफी युद्ध जारी छ । विहिबार प्रम एवंम पार्टी अध्यक्ष केपी ओलीले कात्तिक २८ मा अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई जवाफ