Logo

शनिवार, मंसिर २० गते २०७७

ट्रम्पले हार नस्वीकार्नु लस्जास्पद, पद हस्तान्तरण कुनै हालतमा रोकिन्न - बाइडेन

ट्रम्पले हार नस्वीकार्नु लस्जास्पद, पद हस्तान्तरण कुनै हालतमा रोकिन्न - बाइडेन


ट्रम्पले हार नस्वीकार्नु लस्जास्पद, पद हस्तान्तरण कुनै हालतमा रोकिन्न - बाइडेन

काठमाडौँ - अमेरिकी राष्ट्रपतीय चुनाव जितेका जो बाइडेनले  बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पले पराजय नस्वीकार्नु लज्जास्पद भएको बताएका छन् ।

ट्रम्पले चुनावको नतिजा स्वीकार गर्न नमान्नु वा हार स्वीकार नगर्नु ‘लाज’ को कुरा रहेको उनले बताए ।
गृहराज्य डेलवरको विलमिङ्गटनमा भएको पत्रकार सम्मेलनमा बाइडेनले भने, ‘यसले राष्ट्रपतिको लिगेसीलाई सहयोग गर्दैन ।’

विश्वका विभिन्न देशका नेताहरुसँग सम्पर्क गरिरहेका राष्ट्रपतिमा निर्वाचित बाइडेनले कुनै पनि अवस्थामा शक्तिको हस्तान्तरण नरोकिने बताए ।

जनवरी २० को शपथको दिनसम्म ट्रम्पले पराजय स्वीकार्नेमा आफू विश्वस्त रहेको पनि उनले उल्लेख गरे ।

तर ट्रम्पले ट्वीट गरेर अन्ततः आफूले चुनाव जित्ने उल्लेख गरेका छन् ।

राज्यहरुले इलेक्टोरल कलेज मतलाई डिसेम्बर १४ मा प्रमाणिकरण गरेपछि औपचारिकता पाउनेछ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको झगडामा गुरु वशिष्ठ अभाव 

    सञ्जय पन्थी नेकपामा दुई अध्यक्ष बीच वैमनुष्यताको जवाफी युद्ध जारी छ । विहिबार प्रम एवंम पार्टी अध्यक्ष केपी ओलीले कात्तिक २८ मा अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई जवाफ