Logo

शनिवार, मंसिर २० गते २०७७

नेकपाको शक्ति संर्घष, लोकथाको कौवा र सर्पको कथा जस्तै 

नेकपाको शक्ति संर्घष, लोकथाको कौवा र सर्पको कथा जस्तै 


नेकपाको शक्ति संर्घष, लोकथाको कौवा र सर्पको कथा जस्तै 
  • सञ्जय पन्थी

काठमाडौँ । एउटा लोक कथा छ, ‘एकदेशमा एउटा कौवा रहेछ । उसले सन्तान बृद्धिका लागि कुनै एक रुखमा गुँड लगाएछ । बच्चा पनि कोरले छ । कौवाको बच्चा हुर्किर्दे गएछन् । तर एकदिन सर्प त्यही गुँडमा पसेछ । बच्चा खाइदिन लागेछ । त्यसरी नै कौवाको गुडमा पल्किएछ । त्यो अवस्था बडो दर्दनाक र पीडादायी थियो । निरिहतावश बच्चा गुमाउन परेछ । वियोगको अवस्थामा कौवाले एउटा जुक्ति निकालेछ ।

कुनै महिलाले प्रत्येक विहानीमा नजिकै किनारको नदीमा निर्वस्त्र भएर नुहाउँदि रहिछन् । आफ्नो पीडाबीच कौवाले एकदिन ती महिला निर्वस्त्र भएको बेला उनको बहुमुल्य सुनको सिक्री मुखले च्यापेर उडेछ । उक्त दृश्य देखेर ती महिला रोईकराई नदीबाट निस्किएर कौवाको पिछा गर्दै रुखसम्म आई पुगिछन् । नजिकै गाउँलले ती महिला रुखको फेदमा रोइकराई गरेको देखेपछि जम्मा भएछन् र सोधपुछ गरेछन् । ती महिलाले उपस्थित गाउँले समक्ष सम्पूर्ण तथ्य जानकारी गराइछिन् ।
गाउँलेले तथ्य थाह पाएपछि कौवालाई उडाउन लागेछन् । कौवा पनि मुखको सिक्रि सर्प लुकेको प्वालमा झारेर उडेछ । गाउँले त्यो सिक्री निकाल्न रुखमा चढ्दा उक्त सिक्री झरेको प्वालमा सर्प रहेछ ।’ 
सर्प भएको प्वालबाट उक्त सिक्रि निकाल्न सर्प माुर्न एकमात्र विकल्प थियो । त्यही विकल्प अपनाएर गाउँलले सिक्री निकालेर ती महिलाको उद्धार गरेछन् । ती महिलाको उद्धारसँगै कौवाको पनि उद्धार भयो । कौवाले पनि सर्प मारिए पछि सजिलै बाँकी बच्चा हुर्काएछ । यतिवेला नेकपामा कौवा रुपी प्रम केपीले अपनाएको जुक्तिलाई उक्त लोककथाका माध्यमबाट बुझ्दा अन्यथा नहोला । तर पार्टी, नेतृत्व,मिडिया र विश्लेषलकले आ–आफ्नै तवरबाट बुझिरहेका छन् ।
तर पार्टीमा आफुले गरेको योगदानलाई नेता पुष्पकमल दाहालले (प्रचण्डले) समेट्दैे र आफ्नो योगदान मेटाउने सम्भावना देखेपछि प्रम ओलीले विलाप भन्दा पनि कौवा कै स्वरुपमा जुक्ति अपनाई चर्तु¥याई गरिरहेका छन् ।
पार्टीका बहुमत सहकर्मीहरुले बुझ्ने कसरी ? पछिल्लोे पटक प्रमका सल्लाहकार टीमले नेता प्रदिप नेपाललाई भेट गर्नु र गुहार्नुका पछाडिको रहस्य सिक्री निकाल्न अपनाएको जुक्तिका रुपमा बुझ्न कर लाग्छ । प्रमले ओलीले बुधबार आफुले कुनै हालतमा राजीनामा नदिने र दिए देश वर्बदीको दिशामा जान्छ, भन्नु कथामा कागका बच्चा खाने सर्पको नियत जस्तै हो, भनेर बुझ्दा अन्यथा नहोला । 
यतिवेला देश कोरोना महामारीबाट गुज्रिरहेका बेला सत्तासीन दलमा देखिएको अविश्वास र कलहको राजनीति मुलुकका लागि कागका बच्चा खाने सर्प जस्तै लोकतन्त्र खाने खेलका रुपमा बुझ्दा अर्नथ नहोला । 

यसअघि प्रम कार्यलय बालुवाटारमा पार्टीको बैठक डाकेर आफ्नै बिरुद्ध अविश्वासको प्रस्तावको सामना गरेका प्रम ओलीलाई यस पटक पनि त्यही डर छ । त्यसैले उनले विपक्षी गुटका नेताहरुलाई बैठक बस्ने अवसर नदिएर धाकधम्की सार्वजनिक गर्न उन्मुख छन् । त्यसभित्रको निहित उद्देश्य प्रम ओलीको सत्तामोह हो । समकक्षी अध्यक्ष प्रचण्डले समेत स्थायी कमिटि बैठक डाक्न प्रम ओली समक्ष लिखित निवेदन गर्नु परेछ । प्रम ओलीले आफु बिरुद्ध आईपर्ने उल्झनलाई निस्तेज तुल्याउन अनेक वाहना गरिरहेका छन् । आफ्नो असहमतीमा स्थायी कमिटीमा बैठक बसिए पार्टी फुट त्यही बिन्दु हुने जानकारी नै गराएछन् । प्रम ओली र सरकारका उल्लेखित गतिविधी लोकतान्त्रिक मुल्य मान्यताबाट च्युत छन् । साथै व्यक्ति केन्द्रित सोचबाट संचालित छ, भन्ने बुझिन्छ ।

यसअघि पनि आफ्ना बिरुद्ध चलखेल र गुटबन्दी भैरहँदा प्रम ओलीले मन्त्री परिषद्को बैठक डाकेर एकाएक संसद अन्त्य गराएका थिए । शितल निवासले उनको प्रस्तावलाई तत्काल अनुमोदन गरिदिएर सघाउ पु¥याएको थियो । राष्ट्रपति विद्यादेबी भण्डारीले प्रमका निर्णयलाई परामर्श र सुझाव बिना आफुखुशी अनुमोदन गरिदिनुले उनलाई प्रम ओलीकी संरक्षक भएको आरोप लाग्दै आएको छ । साथै उनले आफुलाई राष्ट्रपति बनाउन प्रम ओलीले लगाएको गुन तिरेको देखिन्छ । यतिवेला सत्तासिन दलभित्रको आन्तरिक कलहले शासन, प्रशासन मात्र नभएर लोकतन्त्र नै बन्दी हुन पुगेको छ । आफैमा लोकतान्त्रिक शासन व्यवस्थाको जग बसाल्ने बेला सत्तासिन दलभित्रको किचलोले शहीदको सपना मात्र नभएर नयाँ पुस्ताको भविष्यलाई समेत तुषारापात गरिदिएको छ । यतिवेला नेपालको सत्ता र राजनिती नेकपाको कलहमा अलमलिएको छ । प्रमले आफ्नै दलका नेताले स्थायी कमिटी बैठक डाक्न आग्रह गर्दा नडाक्नुले दल र सरकारबीच चरम असन्तोष छ, भन्ने जानकारी छताछुल्ल भएको छ । 

प्रमको राजीनामा माग्दै आएका दलका नेताहरुले त्यो मागलाई पुनरावृति गर्ने संभावाना अझै पनि टरेको छैन् । प्रम ओलीले त्यसैले स्थायी किमिटीको बैठक डाक्न आलटाँल गर्दै आएका छन् । यदि यही अवस्थामा नेकपाको स्थायी वा केन्द्रिय कमिटिको बैठक डाकियो भने, राजनीतिले अनपेक्षित नयाँ गति नलेला भन्न सकिन्न । पार्टीको जीवन्तताको कामना गरिरहेका कार्यकर्ता यतिवेला विलखबन्द छन् । उनीहरुले नेतृत्वका बिरुद्ध ठोस कदम चाल्न सक्ने अवस्था पनि छैन् । किनकी अवस्था माथि प्रस्तुत लोककथाको अवस्था छ । सुझबुझका साथ परिस्थितीको सामाना गर्नु नेकपाको बाध्यता भएको छ । यतिवेला कौवा सावित केपी ओली र सर्प सावित पुष्पकमल (प्रचण्ड) दाहालको अन्तर संर्घषको स्वार्थमा नेकपा फसेको छ । शासन सत्ता र दलका बीचमा सहज अवस्था छैन् । निती निर्माण लाग्नु पर्ने नेताहरु समेत एकअर्का विरुद्ध कोठे बैठकमा छन् । नयाँ बर्षको शुरुवातसँगै शुरु भएको कोठे बैठकले ठोस कुनै परिणाम ल्याउन सकेको छैन् ।

कार्यकारी अधिकार समपन्न प्रम ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई साथमा लिएर एक पछि अर्काे निर्णय गर्दै अघि बढिरहेका छन् । प्रम ओलीले समृद्धीको नारा दिदै शासन गरिरहँदा अभ्यास भने संबिधान र बिधी अनुसार छैन् । उनले सरकारबाट गरेका निर्णयहरु, मन्त्री परिषद्को हेरफेर, राजदूतको नियुक्ति र भारतीय खुफिया एजेन्सीका प्रमुखलाई मध्यरातमा प्रम निवास बालुवाटार मै गरिएको भेट लोकतान्त्रिक विधी र संस्कार अनुरुप छैनन् । त्यसैले अब नेकपा कार्यकर्ता सामु विद्रोह वा मौनता मध्ये एकलाई आत्मसात् गर्नुपर्नै अवस्था छ । नेकपा कार्यकर्ता यतिवेला साँच्चै कागको गुडँका बचरा सावित छन् । 

घरभएको रुख सुरक्षित रहँदासम्म उनीहरुको जीवन सुरक्षित छैन् । रुख ढलिरहँदा अभिभावकसँगको सामीप्यता र भविष्यको ग्यारेण्टी छैन् । दुबै नेताको अतिवादी सोच र व्यवहारका कारण नेकपा कार्यकर्ता उल्लेखित कथाको सर्पको मुखका आहारा जस्तै बनेका बन् । त्यहाँ उनीहरुलाई उद्धार गर्न विवेकी सोचको प्राणीको आवश्यक छ । तर विबेकी प्राणीको आगमन पहिल्याउन सक्ने अवस्था कार्यकर्तामा छैन् । यतिवेला उनीहरु साँच्चै नै कुहिरोको काग जस्तै हुन पुगेका छन् ।  

विवादित बन्दै राष्ट्रपति भण्डारी 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको शक्ती संर्घषको विवाद उत्कर्षमा छ । औपचारिक वा अनौपचारिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच हुने आकस्मिक भेट र निर्णयले राष्ट्रपति भण्डारीलाई विवाद ल्याउने गरेको छ । बेला बखत प्रधानमन्त्री ओलीका निर्णय र अभिव्यक्तीले राष्ट्रपति भण्डारी झनै विवादमा मुछिदै आएकी छन् । 
राष्ट्रपति भण्डारीका पछिल्ला निर्णय र प्रधानमन्त्री ओलीको सुझाव अनुसार परिचालित भएको आरोप उनलाई लाग्दै आएको छ । प्रम ओलीले राष्ट्रपतिलाई  भेटेपछि आफु बिना देश बर्बादीको दिशामा जान्छ भन्नु त्यसैको पछिल्लो उदाहरण हो । उनले नेता प्रचण्डलाई एकता भंग गर्दै आ–आफ्नो बाटो गरौ भन्नु । कतै राष्ट्रपतिको साथ,सहयोग र सर्मथनबाट त हैन् भन्ने जिज्ञासा उत्पन्न भएको छ । यसअघि पनि प्रम ओलीले राष्ट्रपति भण्डारीसँग भेटेर फर्किए पछि वालुवाटारमा डाकेको मन्त्री परिषद्को बैठकमा तपाईंहरु कता लाग्ने हो निर्णय गर्नु, भनेर अर्का अध्यक्ष पुष्पकमलको पक्षमा वा आफ्नो पक्षमा भनेर कित्ताकाँट गर्न भनेका थिए । 

पार्टीमा आफु बिरुद्ध अविश्वास प्रस्तावको संकेत पाएका प्रम ओलीले त्यसलाई निस्तेज पार्न खेल खेलिरहेका छन् । यसअघि त्यरी नै प्रम ओलीलले आफुलाई साथ दिएको आरोपमा राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाउने तयारी भैरहेको सूचना आफूसँग भएको दाबी गर्दैं राष्ट्रपतिलाई विवादमा तानेका थिए । प्रधानमन्त्रीको उक्त भनाईपछि अवस्था सामान्य बनाउन कृषि तथा पशुपन्छी मन्त्री घनश्याम भूसालले महाअभियोगको कुरा हल्लामात्रै हो, भनेर तत्काल प्रमको भनाईलाई खण्डन गर्नु परेको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रम ओलीको भेट पछिल्ला दिनमा दैनिकी जस्तै जारी छ । त्यसले पनि राष्ट्रपतिलाई विवादमा तान्दै आएको छ । राष्ट्रपति देशको अभिभावक बन्नु पर्नेमा प्रम ओलीको मात्र अभिभावक भएर देखिने गरेको स्वयँम नेकपा नेता बेदुराम भुषालले बुधबार विहान रेडियो कान्तिपुरसँगको कुराकानीमा व्यक्त गरेका थिए । भुषालको भनाईले समेत पुष्टि हुन्छ, राष्ट्रपति भण्डारी प्रति स्वयँम सत्तासीन दलको विश्वास गुम्दै गएको छ । सत्तारुढ नेकपा पार्टीभित्रको अन्तरसंघर्ष यतिवेला उत्कर्षमा पुगेको छ । त्यसैले पार्टीका नियमित बैठक र छलफल समेत प्रभावित भैरहेका छन् । ओलीका पक्ष र विपक्षमा रहेका नेताहरु दिनरात नभनी भर्चअल बैठकदेखि कोठे बैठकमा जुट्दै आएका छन् । ओलीले आफु पार्टी भित्रैबाट घेराबन्दीमा परेको अभिव्यक्ति दिदै आएका छन् । इतर पक्षले ओलीको विकल्प खोज्नु समयको माग भएको स्पष्टीकरण दिदै आएका छन् । 

राष्ट्रपति भण्डारी समग्र देशवासीले भोग्दै आएका समस्याका बारेमा भन्दा सत्तासीन पार्टीको अन्तर संर्घषको लडाईमा चिन्तित देखिदै आएकी छन् । सरकारको ध्यान सुशासन तर्फ आर्कषण गराउनुको सट्टा प्रम ओलीलाई एकतर्फी रुपमा साथ दिदै राष्ट्रपति भण्डारीले आफ्नो पदिय मर्यादालाई समेत विर्सिएको आभाष हुन थालेको छ । यस्तो अवस्थामा राष्ट्रपति भण्डारी स्वयँम आफु निर्वाचित भएको पार्टीबाट समेत आलोचित छिन् । विषम अवस्थामा अभिभावकयि भुमिकामा देखिनु पर्नेमा राष्ट्रपति भण्डारी गुट संरक्षणमा लाग्नु लोकतन्त्रका लागि पक्कै शुभ संकेत हैन् । 

(लेखक,पन्थी राजनीतिक विश्लेषक हुनुहुन्छ) 

कामना न्यूज

  • आइतवार, कार्तिक २३ २०७७११:५६:१५
सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको झगडामा गुरु वशिष्ठ अभाव 

    सञ्जय पन्थी नेकपामा दुई अध्यक्ष बीच वैमनुष्यताको जवाफी युद्ध जारी छ । विहिबार प्रम एवंम पार्टी अध्यक्ष केपी ओलीले कात्तिक २८ मा अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई जवाफ