Logo

शनिवार, मंसिर २० गते २०७७

एक नाङ्लो पसल  (कविता)

एक नाङ्लो पसल  (कविता)


एक नाङ्लो पसल  (कविता)
  • परशुराम घिमिरे (निदान)                          

हाम्रा बा सखारै जान्थे 
झिमिक्क साँझमा आउँथे
कहिले त हामी निदाउँथ्यौ
बा आको पत्तो  हुन्नथ्यो 
कहिले नगरे ले लघारे 
कहिले मुन्द्रे ले भन्नू हुन्थ्यो ड
हामी त बस् हो र ! भन्थ्यौ 
कुदाइका मर्म त बा नै बुझ्थे
एक दिन त पैसै लुटेछन्
सुन्दा आमा पो ! रुन्छीन 
लाग्थ्यो , बा पो ! रुनु पर्ने
तर टार्नुको पीडा आमा जान्दथीन् ।
हामी त बा रोए बा सँग 
र आमा रोए आमै सँग 
रोईदिन्थ्यौं 

रुनु पर्छ भन्ने चेतना पनि थिएन 
बस् ! रुईन्थ्यो 
किन थाहै छैन 
प्राय : बा साँझ आउथे 
आमा खाना दिन्थीन् 
हामीले सुन्दा बा आमा 
खाने बेला मैं गुन्गुनाउथे 

सायद ,
हामीलाई राम्रो स्कूल 
राम्रो खान र लाउन 
र हुर्काउने बिषयलाई लिएर ।

बा झोकिन्थे कहिले त 
निद्रामा होला 
"भो नचाहिने सपना नदेख्
पुन्टेकी आमा"

म बिहान सम्झेर हाँस्थे ।
जे हुनु त बा लाई थियो 
आमा पनि कहिले त 
नेता हुन पनि खोज्थिन्
र भन्थिन्- "भन्थिन् ठुलाले देश सके
हामी पेटीमा बस्नेलाई अझ दुस्ख दिने ?"

बा कराउँदै  आउँथे  कार्यकर्ता झैँ -
"कालो बजारीलाई चै फुल माला
हामीलाई चैं कुदाकुद ।"
म र बैनी ट्वाल्ल पर्थौं ।

समय सँगै म हुर्कें 
राजनिती नै पढे 
बैनी ले पनि समाजसाश्त्र पढी ।
म आज देशको प्रधानमन्त्री छु
बैनी राष्ट्रपती छे 
आज बल्ल बुझेँ 
हाम्रा बा ले त 
सडकका पेटीमा
नाङ्ले पसल थापेर पढाएछन्।

आज बालुवाटार आउदैं गर्दा 
नाङ्ला बोकेर कुदेका 
श्रमजीवी हरु देख्दा  
याद आयो 
आमा रुनुको मर्म र 
बा झोकिनुको अर्थ खुल्यो 
आलीशान कुर्सीमा बस्दै गर्दा
हठात् बैनीको फोन आयो-
"दादा सडकका पेटीका 
दोकान न दौडाउनु है "
सायद  बैनीले पनि देखी छ क्यार !
पुन: मेसेज  गरि -
"दादा हामी पनि त सर्वहारा थियौं ।"

 

 

 

कामना न्यूज

  • बिहिवार, कार्तिक २० २०७७०३:१४:४०
सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको झगडामा गुरु वशिष्ठ अभाव 

    सञ्जय पन्थी नेकपामा दुई अध्यक्ष बीच वैमनुष्यताको जवाफी युद्ध जारी छ । विहिबार प्रम एवंम पार्टी अध्यक्ष केपी ओलीले कात्तिक २८ मा अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई जवाफ