Logo

शनिवार, मंसिर २० गते २०७७

कलाकारिता संगै समाज-सेवामा पनि अब्बल मुकेश

कलाकारिता संगै समाज-सेवामा पनि अब्बल मुकेश


कलाकारिता संगै समाज-सेवामा पनि अब्बल मुकेश
  • रोहित श्रेष्ठ

काठमाडौँ । अमेरिकाको लुईजभिल्लि क्याटुकी शहरमा सपरिवार बस्दै आएका मुकेश सुवेदी २०५२ सालमा नेपालको मोरङमा जन्मेका हुन् । मुकेश सुवेदी समाज सेवामा सकृय रहेका एक युवक हुन् । अरुको दुःख देख्न नसक्ने मुकेशले बानेश्वरमा पानी बेच्दै साहारा विहिन कष्टकर जिवन बिताईरहेका ५ वर्षिय बालक अनुज होस् या दुवै मृगौला फेल भएर हस्पिटलमा उपचारका लागी आर्थिक समस्यामा रहेकी जलजला परियार किन नहोस् । आफुले सकेको आर्थिक सहयोग गरेर पुण्यको काम गरिरहेका छन् ।

मुकेशले नेपालमा दुःख पाएका धेरै जसो मानिसलाई आर्थिक सहयो गर्दै आएका छन् । मुकेश समाजसेवीमा मात्र सिमित छैनन् । उनको रुची भनेको कलाकारितामा पनि छ । चर्चित गायक प्रमोद खरेलको स्वरमा रहेको म मरेको खबर आधुनिक गीतको म्यूजिक भिडियो निर्माण  गरेका मुकेश अन्य केहि भिडियो निर्माणमा समेत सहयोग गरेका छन् । मुकेशले नेपालबाट अमेरीकामा चर्चित  कलाकारहरु बोलाएर बिभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै आईरहेका छन् । उनी वृतचित्र सुसाईडका कार्यकारी निर्माता हुन भने भविष्यमा ठुलो पर्दाको चलचित्र निर्मामाणमा  संलग्न हुने ठुलो चाहान रहेको बताउछन् । सकारात्मक सोच भएका केहि नयाँ काम गरौं भन्ने चाहाना भएका मुकेश भिडियो निर्माणको तयारीमा थिए तर विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसले गर्दा ति कामहरु रोकिएको मुकेश बताउछन् ।

वातावरण विस्तारै साम्य भएपछि कला क्षेत्रलाई निरन्तरता दिने उनी बताउछन् । मुकेश कला सगैँ समाजसेवी पनि हुन, उनले विभिन्न कारणले दुःख पाएका धेरैलाई सकेको आर्थिक सहयोग गर्दै आएका छन् । भोलिका दिनमा पनि यो कार्यलाई निरन्तरता दिने र आफूले दुःखी मानिसहरुलाई सकेको सहयोग गर्न पाउदाँ खुसी लाग्ने तर रकम पाएपछि सम्पर्क विहिन भईदिनाले दुःख चाहि लाग्दो रहेछ  उनि भन्छन् । निर्माण क्षेत्रमा सकृय रहेका मुकेश अफूलाई पनि अभिनय गर्न मन लाग्ने र पछि राम्रो अवसर मिलेमा अभिनय पनि गर्ने बताउछन् । तर आफुले अभिनय गरेको भन्दा अरुले गरेको अभिनय हेर्न खुब रमाईलो लाग्ने बताउछन् । मुकेश भन्छन कला क्षेत्रमा लगानी गरेर पैसा कमाउने रहर त मेरो होइन अहिले यो अवस्थामा त झन कठिन छ । तर पनि नयाँ कलाकारलाई अवसर दिनुपर्छ भन्ने मेरो धाराण छ ।

कतिपय क्षमता भएका नयाँ कलाकारलाई अगाडी बढ्न सहज होस् भनेर हौसला स्वरुप केहि लगानी गर्दै आईरहेका मुकेश अब फिल्म नै निर्माण गर्ने सोचमा रहेको समेत बताउछन । मुकेश भन्छन अहिले म अमेरिकामा बस्दै आएको छु । मेरो जन्मथलो नेपाल भएको हुनाले मलाई नेपालको सबै थोक मनपर्छ । तर अहिले पछिल्लो चरणमा आएर जुन घटना भईरहेको छ । जस्तै राजनैतिक, बलात्कार, भष्ट्रचार र भेदभाव, लाग्छ मानवता भन्ने चिजनै  अहिले हराईसकेको छ भनी मुकेश दुःख पोख्छन् । अत्यमा मुकेश भन्छन् सहज र राम्रो वातावारण भयो भने नेपाल फर्केर केहि गर्न चाहन्छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको झगडामा गुरु वशिष्ठ अभाव 

    सञ्जय पन्थी नेकपामा दुई अध्यक्ष बीच वैमनुष्यताको जवाफी युद्ध जारी छ । विहिबार प्रम एवंम पार्टी अध्यक्ष केपी ओलीले कात्तिक २८ मा अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई जवाफ