Logo

शनिवार, मंसिर २० गते २०७७

सरकार मानसिक स्वास्थ्यलाई पनि ध्यान देऊ

सरकार मानसिक स्वास्थ्यलाई पनि ध्यान देऊ


सरकार मानसिक स्वास्थ्यलाई पनि ध्यान देऊ
  • सञ्जय पन्थी

काठमाडौँ । कोभिड–१९को महामारी संगै यस पटक हामी नेपालीकाे बडा दशै चाड समपन्न भएको छ । विषम अवस्थामा नागरिकले मनाएको पर्वका बारेमा सरकार कति जानकार छ । साथै समाजिक र मनोबैज्ञानिक अवस्थाका बारेमा कति सचेत छ ? साथै नागरिक स्वास्थ्यका बारेमा सरकार कति संवेदनशिल छ ?

किनकी चाडपर्वका अवसरमा घरदेखि बाहिर रहेका जन घर जाने र फर्किने परम्परा छ । त्यही परम्परालाई मध्यनजर गर्दै सरकारले दशै अगावै जो जहाँ छौं, त्यही बस्न आग्रह गरेको थियो । सरकारको उक्त आग्रहलाई बहुसँख्यक नागरिकले शिरोपर गरेको देखिन्छ, किनभने गतवर्षहरुमा करिब ३० लाख नागरिकले राजधानी उपत्यका छाड्ने गरेकोमा यस वर्ष करिब ३ लाखले मात्र छाडेको सरकारी तथ्यांक छ । महान चाड दशै समपन्न भएको छ । अब आउने संक्रमित नतिजाको तथ्यांकले त्यसलाई पक्कै प्रमाणित गर्नेछ ।

नागरिकले सरकारको आज्ञा कति पालन गरे वा गरेनन् ? भन्नुको अर्थ यस अघिको संक्रमितको दैनिक तथ्यांक र अब बृद्धि हुन्छ वा हुदैन् । बृद्धि हुन्छ वा सिमित रहन्छ भन्ने कुराले पक्कै निक्र्याेल गर्नेछ । विश्वव्यापी रुपमा देखिएको कोरोना भाईरस (कोभिड–१९) को कहरले नेपाल पनि अछुतो (छैन) रहेन् । चैत्र ११ गतेदेखि साउन १ गतेसम्म पूर्ण लकडाउन हुन पुग्यो । यस अवधीमा कोरोना संक्रमणका कारण मृत्युवरण गर्नेको संख्या करिब १ सय रह्यो । तर साउनमा लकडाउन खुलेसँगै संक्रमितको संख्याँ हवात्तै बढ्न पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमणबाट मृत्यु हुनेको संख्या (अहिलेसम्म) ९ सय नाघेको छ । आलेख तयार पर्दासम्म संक्रमितको संख्या करिब १ लाख ६८ नाघेको छ । १ लाख २८ हजार भन्दा धेरै धेरै संक्रमित निको पनि भएका छन् । यद्यपी यो आलेख तयार पार्दासम्म करिब ३० हजार सक्रिय संक्रमितहरु आइसोलेसन (घर वा अस्पताल) मा छन् । यस्तो अवस्थामा हामीले मनाउने पर्व र चाडको उत्सव कस्तो रहला ? यस अवधीमा सरकारको आदेशको पालना गरिरहँदा रोग, भोक र शोक ग्रस्त नागरिकको मनोविज्ञानमा कस्तो छ ? साथै नागरिकको मानसिक स्वास्थ्यको अवस्था कस्तो रहला ? ती पक्षलाई ध्यान दिनु यतिवेला सरकारको कर्तव्य हो । लकडाउन भएसँगै मानसिक विचलनका कारण १५ सय भन्दा धेरैले आत्महत्या गरेका छन् । 

अहिलेसम्म नेपालमा कोरोना संक्रमणका कारण भन्दा आत्महत्याबाट धेरैले जीवन समाप्त गरेका छन् । यस अवधीमा गत साता मात्र (अक्टुवर १०) विश्व मानसिक रोग निवारण दिवस समपन्न भएको छ । दिवससँगै यस रोगका बारेमा सरकारले उपचारलाई प्राथमिकता दिएर रोकथाम गर्न ध्यान दिनु कर्तव्य ठर्हछ । नागरिकले सरकारको आदेश मानेर जो जहाँ छ, त्यहीबाट दशै मनाउन तयारी गरिरहँदा आत्महत्या गर्नेको संख्या बृद्धि उन्मुख छ । ६ महिनाको अवधीमा नेपालमा मात्र १५ सय भन्दा धेरैले आत्महत्या गरेका छन् । रोजगारीका क्रममा विदेशमा रहेका सय भन्दा धेरै नेपालीले आत्महत्या गरेको तथ्यांक छ । त्यसले पनि प्रमाणित गर्छ की यस नेपालीहरुका लागि आत्महत्या ठुलै समस्या बनेर देखिएको छ । 

नेपाल प्रहरीका अनुसार पछिल्ला नेपालमा मात्र दैनिक करिब ११ जनाले आत्महत्या गरिरहेका छन् । त्यसको कारण समाजिक अवस्था नै हो । त्यसका लागि परिवार देखि राज्य संयन्त्रले ध्यान दिएर समस्याको न्यनीकरण गर्नु एक मात्र विकल्प हो । लकडाउनसँगै अहिलेसम्म १ सय भन्दा धेरैको हत्या भएको छ । बझाङमा संझना कामी सहित कैयौ बालिका तथा महिलाहरुको बलत्कार पछि हत्या भएको छ । यस्ता जघन्य अपराध पछिको कारक मानसिक स्वास्थ्यमा आएको विचलन हो, भन्न सकिन्छ । कारण आर्थिक,समाजिक, पारिवारिक वा प्राबिधिक जेसुकै होस । 

न्यायबाट विमुख हुदा निराश भएर कतिपय महिला तथा बालबालिकाहरुले अस्वभाविक निर्णय गरेर आत्महत्या समेत गरेका तथ्य पनि उजागर भएका छन् । आखिर आत्महत्या किन यसरी बृद्धि भैरहेको छ ? समाजिक कारण खोज्दै यस्तो मानसिक रोगको भयावह रोक्नु यतिवेलाको आवश्यकता हो । कारण जे सुकै भएपनि मानिसमा स्नेह, प्रेम,सहनशिलता र सहिष्णुता बिलुप्त हुदै गएको छ । 
शान्त र सम्यम मानवीय स्वभाव रहेपनि आवेग,अमर्यादित प्रतिष्पर्धा, प्रतिशोध जस्ता मानवीय स्वभावका कारण मानिस आत्महत्याको निर्णय गर्न पुग्ने गरेका छन् । घटनामा संलग्न प्रहरी अनुसन्धानले पनि यही देखाएको छ । विलासी जीवन शैली, समाजिक बिश्रृंखलता, अस्वस्थ राजनितिक दाऊपेच,असमाजिक चरित्रका कारण नेपाली समाज पछिल्ल्ला दिनमा विग्रह उन्मुख छ । विग्रह समाजमा मात्र नभएर परिवारमा समेत जेलिदै गएको छ । त्यसैको परिणाम हो, यस्ता घटनाको बृद्धि र दुर्घटना । 

नेतृत्वको कार्यकुशलतामा अभाव, अभिभावकमा उत्तरदायित्व अभाव, सन्तानमा नैतिक मर्यादा सिमा उल्ङघनले पछिल्ला वर्षहरुमा यस्ता घटनाको बृद्धि भैरहेको अनुमान गर्न सकिन्छ । यतिवेला एकातिर कोरोना कहर छ, भने अर्कातिर आत्महत्याको भयावह देखिएको छ । यस्तो अवस्थाले  सामान्य जनको मानसिक अवस्थामा पनि विचलन ल्याउन सक्ने तथ्य मानसिक रोग विशेषज्ञले औल्याएका छन् । यस अवधीमा स्वदेशमा कोरोना कहरबाट ६ भन्दा धेरैको मृत्यु भएको छ । पछिल्ला दिनमा दैनिक ५ हजार सम्म संक्रमीत भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्ला साता दैनिक करिब ३ हजार भन्दा धेरै जनामा कोरोना संक्रमण पुष्टि हुदै आएको छ । 

तर यही अवधीमा भएका आत्महत्याले समाजमा मानसिक रोगको भयावहका रुपमा देिखएको छ । त्यसो त नेपालको समाजिक परिवेश र आर्थक दरिद्रताका कारण पनि यो समस्याले जरो गाडिरहेको छ । शहरी जीवन यतिवेला बन्द कोठामा अभावको जीवन बाच्नु परेको छ । त्यसले पनि मानसिक विचलन ल्याउने गरेको छ । अन्ततः मानिस अप्रिय निर्णय गर्न बाध्य हुने गरेको छन् । आत्महत्या हुनेको सार्वजनिक भएको तथ्यांकलाई केलाउँदा भन्न सकिन्छ, अभाव, समाजिक विषमता र हिंसात्मक चरित्रका कारण मानसिक रोगीको सँख्यामा बृद्धि भैरहेको छ । 

माओवादी हिंसात्मक युद्ध, ०७२ सालमा गएको भुकम्पले पनि रोगीको संख्यामा बृद्धि भएको हो । मानसिक रोग विशेषज्ञका अनुसार नेपालको २५ प्रतिशत जनसँख्यामा कुनै न कुनै प्रकारको मानसिक रोगको शिकायत छ । त्यसो त विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्म मानसिक रोगीको संख्या बृद्धि भएर सबैभन्दा मृत्युको कारक नै मानसिक रोग बन्न सक्ने पूर्व अनुमान गरेको छ । अहिलेको विश्वव्यापी कोरोनाको महामारी र त्यसले पारेको प्रभावबाट विश्वस्वास्थ्य संगठनको प्रक्षेपण गलत होला भन्न सकिन्न । 

नेपालमा पनि समाजिक परिवेश,दैबी विपत्ती र महारामीका कारण यो रोगीको सँख्या दिन प्रतिदिन बढ्दो छ । समाजमा सुषुप्त अवस्थामा रहेको मानसिक रोगको विकार आत्महत्या बनेर देखा पर्ने गरेको छ । समस्या लकडाउनका बेला फेरी अकल्पनिय रुपमा भयावह बनेर देखियो । यतिवेला चाड पर्वको मुखमा आएर त्यो भयावह बढ्न सक्ने संभावना छ । रोजगारीका लागि विदेश गएकाहरु खाली हात घर फर्किनु परेको छ । रोजगारीमा रहेकाहरुको रोजगारी गुमेको छ । आम्दानीको स्रोत बन्द भएपछि परिवारमा कलह र विग्रह बढ्नु स्वभाविक जस्तै भएको छ । यस्तो अवस्थामा उत्सवको पर्व मनाउनु पर्दा मानसिक तनाव बढ्ने संभावना छ । त्यसैले तनाव व्यवस्थापन गर्न सरकारले ध्यान दिन आवश्यक छ । तर सरकारले त्यस्ता समस्याका बारेमा अनभिज्ञ देखिदै आएको छ । एकतर्फी निर्णय सुनाउन मात्र सरकारले आफ्नो कर्तव्य संझिदै आएको छ । 

कहिले अचेत नभएसम्म अस्पताल नआउनु, कहिले आपत्कालिन बाहेकका शल्याक्रिया नगर्नु भन्ने जस्ता निर्देशनात्मक उर्दी सरकारका तर्फबाट हुदै आएको छ । त्यसले नागरिकको मानसिक स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने विषयमा सरकारले ध्यान दिन नसकेको देखिन्छ । अहिले सार्वजनिक तथ्यांकले प्रदेश १, २ र ५ मा मानसिक रोगीको संख्या उल्लेख्य रहेको अनुमान गर्न सकिन्छ । तुलनात्मक रुपमा अन्य प्रदेशमा भन्दा उल्लेखित प्रदेशमा आत्महत्या गर्नेको संख्या बढी छ । जीवन संर्घषको क्रममा आफुले आफैलाई कमजोर महशुस गरेर आत्महत्याको बाटो रोज्नु आफैमा उचित हैन् । 

व्यक्तिगत वा समाजिक निर्णयबाट उत्पन्न हुने विचलनले मानिसलाई यस्तो निर्णय गर्न उत्प्रेरित गर्दछ । मानसिक विचलन पनि एउटा रोग हो । उपचारले यस्ता रोगीलाई निको गराउन सकिन्छ । त्यसो नेपालमा जनसँख्याका तुलनामा मानसिक रोग विशेषज्ञको कमी नै छ । तर नभएका हैनन् । पर्याप्तता नभएपनि रोगी चिकित्सक कहाँ पुग्न वा पुर्याउन उपचार भने हुदै आएको छ । नेपालको सरकारी अस्पतालमा कुल १५ सय चिकित्सकको दरबन्दी रहेको छ । त्यस मध्ये करिब २ दर्जन मात्र मानसिक रोग विशेषज्ञको दरबन्दी कायम छ । नेपाल मेडिकल काउन्सिलका अनुसार नेपालमा यो बिषयको बिशेषज्ञता हासिल गरेका चिकित्सकको सँख्या ४ दर्जनको हाराहारीमा छ । ती मध्ये अधिकाँश राजधानी केन्द्रित छन् । बाँकी सँख्या क्षेत्रिय शहरमा उपलब्ध छन् ।

सरकारले मानसिक स्वास्थ्य निती ल्याएको भएपनि कार्यन्वयन गर्न सकेको छैन् । ०६४ सालमा निती ल्याएर कार्यन्वयनमा जोड दिन नसकिरहेका बेला देशमा मानसिक रोगीको सँख्या अप्रत्यासित रुपमा बृद्धि भैरहेको छ । त्यसैले मानसिक स्वास्थ्य ऐन ल्याएर यो रोगको उपचार संभविय बनाउन आवश्यक छ । प्रहरीका अनुसार नेपालमा पछिल्ला वर्षमा बार्षिक करिब ५ हजार भन्दा धेरै मानिस आत्महत्याबाट मृत्युवरण गर्ने गरेका छन् । यसरी नै यो रोगको भयावह बृद्धि हुदै गैरहे समाज निराशान्मुख हुनेछ । हजारौ अवोध बालबालिका अभिभावकको वात्सल्य प्रेमबाट बञ्चित हुनेछन् । साथै बालबालिका समेत सामान्य टकरावका बेला समेत यही मार्गमा उत्प्रेरित हुनेछन् । लकडाउनको शुरुको ३ महिनाको अवधीमा १ हजार भन्दा धेरैले आत्महत्या गरे । 

लकडाउन खुलेसँगै त्यो क्रम रोकिएको छैन् । वर्तमानमा सार्वजनिक गरिएको आत्महत्याको संख्या मध्ये २ सय ५० भन्दा धेरै किशोर किशोरीरहेको जानकारी हुन आएको छ । प्रहरीका अनुसार दैनिक करिब ११ जनाले आत्महत्या गर्ने गरेका छन् । पछिल्ला दिनमा कोरोनाबाट दैनिक सरदर करिब ३ हजार जना संक्रमित भैरहेको अवस्था छ । समाचारले आफैमा संक्रमित परिवारलाई प्रातडित गर्नै गरेको छ । समाचारले प्रातडित नेपाली समाजमा दैनिक ११ जनाले आत्महत्याको बाटो रोजेर जीवन समाप्त गर्दै आएको तथ्यांक आफैमा दुख्द छ । त्यसैले यस्ता समस्यालाई उपचार र समाजिक मनोपरमर्शद्धारा न्युनीकरण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न पनि आवश्यक भएको छ । 

सबै कुराको निचोडमा सरकारको मुख्य जिम्मेवारी हुन आउँछ । त्यसैले बेलैमा यस्ता समस्या तर्फ ध्यान दिएर समाजिक भयावहलाई न्युनीकरण गर्नु सरकारको मुख्य जिम्मेवारी पनि हो । परिवार र समाजका (ओपनियन लिडर) अगुवाहरुले पनि समाजका यस्ता सुक्ष्म साबित समस्याहरुका बारेमा संवेदनशिल भएर समाधानका लागि पहल गर्नु कर्तव्य हुन आउँछ । लकडाउनका अवधीमा करिब २ सय महिलाको प्रसुती व्यथाका कारण मृत्यु भएको छ । यो विकराल अवस्थाका बारेमा एक अधिवक्ताले दायर गरेको रिटमा सर्वाेच्च अदालतले फैसला गर्दै गत असारमा सरकारलाई संक्रमणको महामारीका बेला गर्भवतीलाई विशेष हेरचाह गर्नु भन्ने सचेतना सहित ध्यान दिन निर्देशन गरेको थियो । त्यसैगरी असोज कै पहिलो सातामा मात्र अर्काे एक रिटको फैसला गर्दै कोरोना भाइरसको टेष्ट निःशुल्क गर्न सर्वाेच्च अदालतले निर्देशनात्मक फैसला गर्याे । तर अहिलेसम्म कार्यन्वयन हुन सकेको छैन् । नागरिकले २ देखि ४ हजार रुपैयाँ सम्म टेष्ट गर्दा भुक्तानी गर्नु परिरहेको छ । 

सरकारको अनुशासन पालना गरिरहेका नागरिकको स्वास्थ्य अवस्था प्रति सरकारले समस्याको पहिचान गरेर समाधान तर्फ ध्यान पु¥याउनु कर्तव्य ठर्हछ । तर सरकार मन्त्रीमण्डल हेरफेर गर्न मात्र आशक्त भएको छ । करिब ३ वर्षको अवधीमा १ पटक मन्त्रीमण्डल हेरफेर हुन त्यसको प्रमाण हो । दलिय असन्तुष्टि र भागवण्डामा अल्झिएको सरकारले नागरिकको स्वास्थ्य समस्यालाई संवेदनशिल मानेर ध्यान दिन सकिरहेको छैन् । यसै अवधीमा सरकारले देशको ढुकुटी संचालनको जिम्मेवारी रहेको अर्थमन्त्रालयको जिम्मेवारीबाट युवराज खतिवडालाई विदाई गरेर नयाँ अर्थमन्त्री विष्णु पौडेललाई नियुक्त गरेको छ । 

सत्ता र दलिय समिकरणका सारथी पौडेलले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालिरहँदा महामारी पछिको अर्थतन्त्रको उपचार गर्न कति सक्लान ? त्यो प्रतिक्षको विषय भएको छ । साथै नागरिक स्वास्थ्यका बारेमा कति संवेदनशिल बन्लान अर्काे प्रतिक्षाको विषय बनेको छ ? सरकार स्वास्थ्य समस्याका बारेमा संवेदनशिल बन्ला वा नबन्ला तर स्वयँम नागरिकले पर्वको उत्सव मनाइरहँदा त्यसले निम्ताउने सक्ने समाजिक मनोबिज्ञानलाई ध्यान दिएर समाजिक (मानसिक विचलन) दुर्घटना रोक्न ध्यान दिने की ?
(लेखक : राजनैतिक विश्लेषक एवंम यस अनलाईनका स्तम्भकार हुनुहुन्छ ।)  

 

कामना न्यूज

  • सोमवार, कार्तिक १७ २०७७०१:१०:५०
सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको झगडामा गुरु वशिष्ठ अभाव 

    सञ्जय पन्थी नेकपामा दुई अध्यक्ष बीच वैमनुष्यताको जवाफी युद्ध जारी छ । विहिबार प्रम एवंम पार्टी अध्यक्ष केपी ओलीले कात्तिक २८ मा अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई जवाफ