Logo

शनिवार, मंसिर २० गते २०७७

टीकाको साइत बिहान १०ः१९ मा

टीकाको साइत बिहान १०ः१९ मा


टीकाको साइत बिहान १०ः१९ मा

काठमाडौँ । यो वर्ष विजया दशमीको टीका लगाउने शुभ साइत बिहान १० बजेर १९ मिनेटको लागि जुरेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले कात्तिक १० गते बिहान १० बजेर १९ मिनेटका लागि यस वर्ष टीकाको शुभ साइतलाई उत्तम मानेको गृह मन्त्रालयले जनाएको छ। यद्यपि उत्तम साइतपछि पूर्णिमाको दिनसम्म टीका लगाउन सकिने उल्लेख छ।

यो साल देवी विसर्जनको ८ मिनेटमै टीकाको साइत जुरेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। यो साल घटस्थापनाको दिन चित्रा नक्षत्र परेको हुँदा टीकामा त्यसको असर परेको पञ्चाङ्ग निर्णायक समितिका सचिव सूर्य ढुंगेलले अनलाइनखबरलाई जानकारी दिए।

‘शास्त्रमा ‘वैदित्रो पुत्र नासस्य, चित्राया धन नाशनम्’ भनिएको छ। यसैको दोष निवारणको लागि देवी विसर्जनको ८ मिनेटमा नै टीकाको साइत जुराइएको हो ।’ 

अघिल्ला वर्षहरूमा देवी विसर्जन गरेपछि ३० देखि ४५ मिनेटपछि मात्रै टीकाको साइत जुराउने गरिएका थियो।

त्यस्तै, फूलपाती भित्र्याउनको लागि शुभ साइतको आवश्यकता पर्दैन। षष्ठीको दिन बेललाई निम्ता दिने र सप्तमीको दिन बिहान बेल टिपेर साँझमा बेल पूजा गर्ने विधान रहेको छ।

त्यस्तै, कात्तिक ७ गते फूलपातीको दिन बिहान ८ बजेर ५६ मिनेटमा तुलजा भवानीको यात्रा र बिहान १० बजेर १४ मिनेटमा स्थिरासन गर्ने समय तोकिएको छ।

विजयादशमीको दिन तुलजा भवानीको यात्रा बिहान ८ बजेर ४७ मिनेटको लागि तोकिएको छ भने देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटको लागि तोकेको छ।

कामना न्यूज

  • मंगलवार, कार्तिक ४ २०७७०३:१३:४५
सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको झगडामा गुरु वशिष्ठ अभाव 

    सञ्जय पन्थी नेकपामा दुई अध्यक्ष बीच वैमनुष्यताको जवाफी युद्ध जारी छ । विहिबार प्रम एवंम पार्टी अध्यक्ष केपी ओलीले कात्तिक २८ मा अध्यक्ष प्रचण्डको प्रतिवेदनलाई जवाफ