Logo

मंगलवार, मंसिर ९ गते २०७७

काभानीले मंगलबार देखि म्यान्चेष्टर युनाइटेडमा 

काभानीले मंगलबार देखि म्यान्चेष्टर युनाइटेडमा 


काभानीले मंगलबार देखि म्यान्चेष्टर युनाइटेडमा 

एजेन्सी । उरुग्वेका फर्वाड इडिन्सन काभानीले म्यान्चेष्टर युनाइटेडमा प्रशिक्षण सुरु गरेका छन्। फ्रि एजेन्टमार्फत प्रिमियर लिग क्लब युनाइटेड आवद्ध भएका काभानीले पहिलो पटक सहकर्मीसंग अभ्यास सुरु गरेका हुन्।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट युनाइटेड आएका काभानीले पहिलो पटक नयाँ क्लबका सहकर्मीसंग अभ्यास सुरु गरेका हुन्।

युनाइटेडका लागि आगामी मंगलबा डेब्यूको सम्भावना भएका काभानीले अभ्यास थालेको युनाइटेडले जनाएको छ। उनी मंग्लबार च्याम्पियन्स लिगमा पूर्व क्लब पीएसजीविरुद्ध उत्रने सम्भावना छ।

विदेशी समाचार माद्यमका अनुसार युनाइटेडबाट काभानीले मंगलबार पूर्व क्लबविरुद्ध खेल्नेछन्।

काभानीले सिजन २०१८–१९ को अन्त्यमा फ्रेन्च क्लब पीएसजी छाडेका थिए। त्यसको केही महिना लगत्तै युनाइटेड आवद्ध भएका थिए।

३३ वर्षीय काभानीलाई युनाइटेडले नयाँ खेलाडीलाई अनुभव साट्न तथा टिमको अग्रपंतीमा उल्लेखनिय भुमिका निर्वाह गर्नेसक्ने भन्दै अनुबन्ध गरेको थियो।

काभानीले युनाइटेडका लागि डेब्यूको मौका पाएका छैनन्। शनिबार प्रिमियर लिग अन्तर्गत न्यूक्यासलविरुद्धको खेलमा डेब्यू गर्ने भनिएता पनि उनले बिभिन्न कारणले खेल्ने मौका पाएनन्।

कोरोना प्रोटोकलका कारण उनले डेब्यूका लागि कुर्नु परेको हो।

नापोलीका पूर्व खेलाडी युनाइटेडका चार मुख्य फरवार्ड मध्ये एक हुन्। उनीसंगै युनाइटेडका मार्कुस रासफोर्ड, एन्थोनी मार्टियल र ओडियन इग्लो मख्यु फरवार्डको रुपमा रहेका छन्।

कामना न्यूज

  • मंगलवार, कार्तिक ४ २०७७११:०५:२२
सम्बन्धित समाचार
विशेष सबै
  • नेकपाको शक्ति संर्घष, लोकथाको कौवा र सर्पको कथा जस्तै 

    सञ्जय पन्थी काठमाडौँ । एउटा लोक कथा छ, ‘एकदेशमा एउटा कौवा रहेछ । उसले सन्तान बृद्धिका लागि कुनै एक रुखमा गुँड लगाएछ । बच्चा पनि कोरले